कस्मिरपछि इन्टरनेट सेवा प्रतिबन्ध लगाईएको दार्जिलिङ दोस्रो स्थान


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्कंदै गएपछि वंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिवन्ध लगाएको छ । उसले टीभी च्यानलहरुको प्रशारणमा पनि रोक लगाएको हो । भारतका इन्टरनेट सेवा प्रतिबन्ध लगाइएको कस्मिरपछि दार्जिलिङ दोस्रो स्थान बनेको छ ।

वंगाल सरकारले तीन दिन अघि नै इन्टरनेट सेवामा प्रतिवन्ध लगाएको थियो । मंगलवार प्रतिवन्ध थप लम्व्याएको छ । दार्जिलिङका जिल्लापालले मंगलवार विज्ञप्ति जारी गरेर आगामी २७ जुनसम्म सेवा प्रतिवन्ध लगाइएको जनाएका छन् ।

इन्टरनेट सेवा प्रतिवन्ध लगाएपछि पत्रकार तथा वुद्धिजीवी अगुवाले दार्जिलिङलाई कस्मिर बनाइएको प्रतिक्रिया दिएका छन् । सिलिगुडीका कवि राजा पुनियानीले भने, ‘भारतको कस्मिरपछि दार्जिलिङ  दोस्रो इन्टरनेट सेवा प्रतिवन्ध क्षेत्र हो ।’ इन्टरनेट प्रतिवन्धपछि त्यहााँके जनजीवन प्रभावित भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रकार मनोज वोगटीले इन्टरनेट सेवाको प्रतिवन्ध लगाएर भारतले विश्वकै ठूलो गणतान्त्रिक मुलुक खिल्ली उडाएको बताए ।

द इण्डियन टेलिग्राफ एक्ट, १८८५ को आधारमा ‘आपराधिक क्रियाकलापलाई निरुत्साहित गर्ने वहानामा इन्टरनेट सेवा प्रतिवन्ध लगाइएको जनाएको छ ।  दार्जिलिङ, खरसाङ र मिरिक क्षेत्रभरि मात्रै प्रतिवन्ध लगाइएको प्रशासनले जनाएपनि कालिम्पोङमा समेत इन्टरनेट समेत नभएको पत्रका वोगटीले जनाए ।  ‘इन्टरनेट नहुँदा समाचार सम्प्रेषणलगायतका कामहरु पूर्ण रुपमा प्रभावित भएका छन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com