सुडान घोटालामा संलग्न २ पूर्व आईजीपीद्वारा सर्वोच्चमा आत्मसमर्पण


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

असार ७, २०७४

सुडान घोटालामा सर्वोच्च अदालतद्वारा जेल सजाय तोकेका तीन पूर्व आईजी मध्ये २ जनाले आज सर्वोच्चमा आत्मसमर्पण गरेका छन् । पूर्व आईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले अदालतमा आत्मसमर्पण गरेका हुन् । यस्तै, एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि आत्मसमर्पण गरेका छन् ।

सर्वोच्च अदालतले वैशाख १७ गते सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो ।

सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो।  एआईजी छ्याङदेनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आत्मसमर्पण गरेका चारैजनालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com