ओखलढुंगाका ८ स्थानीय तहमा कुन पार्टीबाट क-कसको उम्मेदवारी?


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

असार ५, २०७४

मनोज भट्टराई- ओखलढुंगा : १४ असारमा हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि आइतबार ओखलढुंगामा शान्तिपूर्ण रुपमा दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायतका राजनीतिक दलले बाजागाजा, झाँकी र र्‍यालीसहित उम्मेदवारी दर्ता गराएका हुन्। सबैको आ-आफ्नै दाबी ओखलढुंगाका  ८ वटै स्थानीय तहमा दलहरुले उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गरेका हुन्। सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकामा कांग्रेस, एमाले र माओवादी तीन दलले नै आफूहरूले जित्ने दाबी गरेका छन्। कांग्रेसका उम्मेदवार डील्लीराम खनालले पहिलेको जस्तो अवस्था नभएको भन्दै आफूले जित्ने दाबी गरे। यस्तै एमालेका उम्मेदवार मोहनकुमार श्रेष्ठले भने अन्य पार्टीले भन्दा आफूले बहुमत ल्याई विजय हासिल गर्ने दाबी गरेका छन् भने अर्का मेयरका प्रतिस्पर्धी माओवादी केन्द्रका उमेदवार रुपेश शाक्यले पनि बहुमतका साथ आफ्नो जित सुनिश्चित हुने बताए।  ओखलढुंगाका ८ स्थानीय तहमा उल्लासमय किसिमले मनोनयन दर्ता सम्पन्न भएको प्रमुख  निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावलीले जानकारी दिए। मादक पदार्थ सेवन गरी मुख्य निर्वाचन अधिकारीको कार्यालय परिसरमा होहल्ला गर्ने २ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने  जिल्लाका कुनै पनि स्थानमा अप्रिय घटना भने नघटेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। कुन स्थानीय तहमा क-कसको उम्मेदवारी सिद्धिचरण नगरपालिका पार्टी         प्रमूख           उपप्रमूख कांग्रेस  डिल्लीराम खनाल हेमालक्ष्मी राई एमाले  मोहनकुमार श्रेष्ठ   इच्छा गुरुङ माओवादी केन्द्र  रुपेश शाक्य चन्द्राकुमारी फुयाँल संघीय समाजवादी नवराज गुरुङ   जानुका राई राप्रपा   नवराजश्रेष्ठ  हिराकुमारी खड्का चिशंखुगढी गाउँपालिका पार्टी      प्रमुख            उपप्रमुख कांग्रेस  टेक राज भट्टराई खिलाआले मगर एमाले  भीमबहादुर थापा मगर     सुस्मा राई माओवादी केन्द्र  निशान्त शर्मा   बालकुमारी तामाङ मानेभन्ज्याङ गाउँपालिका पार्टी         प्रमुख    उपप्रमुख कांग्रेस  मोतिराज राई    सविता राई एमाले  रुपलाल तामाङ  भावना राई माओवादी केन्द्र  युवराज राई चम्पासरी राई संघीय समाजवादी श्याममाया राई दीपेन्द्र रुम्दाली सुनकोसी गाउँपालिका पार्टी प्रमुख  उपप्रमुख कांग्रेस  रुद्र अधिकारी दुर्गा तामाङ एमाले  ज्ञानबहादुर खड्का   मुनाश्रेष्ठ माओवादी केन्द्र  चम्पा कार्की हेमसागर पराजुली चम्पादेवी गाउँपालिका पार्टी       प्रमुख  उपप्रमुख कांग्रेस  नवराज केसी निर्मला रैका एमाले  हरि घिमिरे  कल्पना थापा माओवादी केन्द्र  खड्ग कार्की शोभा बोगटी लिखु गाउँपालिका पार्टी       प्रमुख          उपप्रमुख कांग्रेस  अशोक कार्की मन्दिरा दाहाल एमाले  गोविन्दबहादुर पौडेल  शान्ता ढुंगेल माओवादी केन्द्र  खड्ग योगी अनिल   दुर्गा पौडेल सुवेदी खिजीदेम्बा गाउँपालिका पार्टी      प्रमुख               उपप्रमुख कांग्रेस  वेदबहादुर रोका  सुशीला तामाङ एमाले  लाक्पागेल्बु शेर्पा पार्वती रोक्का माओवादी केन्द्र  सुदीप सुनुवार   नीलकुमारी कार्की मोलुङ गाउँपालिका पार्टी       प्रमुख             उपप्रमुख कांग्रेस  महेन्द्र कार्की          हेमकुमारी तामाङ एमाले  मणिराज राई             हेमकला धमला माओवादी केन्द्र  कुलबहादुर खत्री  अञ्जुला घिसिङ

Source : Thaha Khabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com