अवार्ड कार्यक्रममै प्रियंका–आयुष्मानको चुम्बन


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

असार ४, २०७४- यसवर्ष उत्कृष्ट नवअभिनेता, नवअभिनेत्रीको अवार्ड क्रमश: ‘चपली हाइट २’बाट आयुष्मान देशराज श्रेष्ठ जोशी र सृष्टि श्रेष्ठले ‘गाजलु’बाट जिते । सृष्टि पनि अवार्ड समारोहमा अनुपस्थित रहिन् । बरु पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने राम्रै खुराक बनिदियो । आमासँगै अवार्ड समारोहमा आएकी प्रियंकासँगै आयुष्मान पनि भाइ आशिरमान र आमा रवीनासँगै एकै पंक्तिमा बसेका थिए । नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन हुनेबित्तिकै आयुष्मान–प्रियंकाको जोडीले खुलेर माया दर्शाए । अवार्ड थापेपछि स्टेजबाटै उनले भाइ, आमालाई मात्रै सम्झिएनन्, मेरो गर्लफ्रेन्ड र ममी भन्दै प्रियंका र उनकी आमालाई पनि सम्बोधन गर्दा प्रियंका दंग थिइन् । त्यसपछि अवार्ड लिएर आएका आयुष्मानले अंकमाल गर्न आएकी प्रियंकालाई जुरुक्कै उचालेर ओंठमा चुम्न भ्याए । चुम्माचाटीको उक्त सिलसिला प्रियंकाले अभिनेत्रीको अवार्ड पाउँदा पनि दोहोरियो ।

फिल्म ‘पुरानो डुंगा’ले पटकथाका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई अवार्ड जिताउँदा सोही फिल्मबाट माओत्से गुरुङ र मेनुका प्रधानले पनि सहअभिनेता र सहअभिनेत्रीको अवार्ड हात पारे । उक्त अवार्डका लागि पनि दुवै अनुपस्थित रहे । त्यसबाहेक ‘पुरानो डुंगा’बाटै शैलेन्द्रध्वज कार्कीले छायांकार र कालीप्रसाद बास्कोटाले ‘नीर जहिले रिसाउने…’गीतका लागि उत्कृष्ट संगीतकारको अवार्ड जिते । कालीप्रसादले अवार्ड थापेपछि सोही गीतको दुई पंक्ति गाएर सुनाउँदा दर्शकदीर्घाबाट तालीको साथ पाएका थिए ।
‘जात्रा’बाट उत्कृष्ट सम्पादनमा मित्र गुरुङ र पुन:ध्वनी मुद्रणका लागि मनोजराज भण्डारी भाग्यमानी ठहरिए । रोशन श्रेष्ठले ‘किंग’बाट द्वन्द्व निर्देशनको अवार्ड थाप्दा पार्श्व संगीतको अवार्ड भने ‘चपली हाइट २’का लागि इमानविक्रम शाहका नाममा रह्यो । अवार्डमा ‘लुट २’को ‘ठमेल बजार…’गीतले पार्श्व गायन र नृत्य निर्देशक दुवैमा क्रमश: मीना निरौला र विक्रम स्वाँरको पल्ला भारी बनाईदियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांगीतिक माहौलमा सम्पन्न एनएफडीसी अवार्डको जुरी अवार्ड फिल्म ‘डाइङ क्यान्डल’लाई दिइयो भने यसवर्षको पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी सुशील पौडेललाई दिइएको थियो ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com