दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन : गच्छदार


प्रकाशित मिति : जेष्ठ २८, २०७४ आईतबार

जेष्ठ २८, २०७४- उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले स्थानीय तहको निर्वाचन सार्थक बनाउन २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनसक्ने बताएका छन् ।

विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले राष्ट्रिय जनता पार्टीलाई दल दर्ता गरी निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गर्ने गरी ऐन संशोधन गरेर पनि उनीहरु निर्वाचन आउने अवस्था नरहेको प्रष्ट पारेका हुन् ।

उनले अहिलेसम्म असार १४ गते हुने निर्वाचनको मिति सार्ने पक्षमा सरकार नभएको बताए ।

‘राष्ट्रिय जनता पार्टीको चुनाव चिन्ह लिएर निर्वाचनमा जानु भन्दा पनि उनीहरुले आफ्नो एजेण्डा स्थापित गर्न खोजेका छन्,’ उनले भने, ‘राष्ट्रिय जनता पार्टीको सहभागितामा सार्थक निर्वाचन गराउन सरकार अन्तिम हदसम्मको प्रयासमा छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संबिधान संशोधनको विषयमा सबैले राजनीतिक प्रतिबद्धा खोजेको र त्यो गर्न सरकार तयार रहेको उनले बताए । स्थानीय तहको निर्वाचनपछि संबिधान संशोधन हुनेमा कुनै आशंका नरहेको उनी भन्छन् ।

चुनावको विपक्षमा रहेको मधेसवादी दललगायत एकिकृत भएका मधेसवादी दल राष्ट्रिय जनता पार्टी दत्र्ता गरेर चुनाव चिन्ह छाता प्राप्त गर्ने गरी विधेयक पारित भएकोले उनीहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारले पून: छलफल गर्ने उनले बताए । असार १४ गते हुने निर्वाचनको संभावना

विराटनगरलाई महानगरपालिका घोषणा गरेकोले उनलाई विराटनगरबासीले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन् ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com