यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै


प्रकाशित मिति : जेष्ठ २७, २०७४ शनिबार

जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्ने प्रक्षेपण गरेको छ । पूर्वअनुमान महाशाखाका अनुसार यस वर्षको मनसुनका लागि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउन थालेकाले नेपालमा केही दिनभित्रै मनसुन प्रवेश गर्ने अनुमान गरेको हो ।

बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा स्थिर भएपछि पूर्ण रूपमा नेपालमा मनसुन प्रवेश गर्ने महाशाखाकी मौसमविज्ञ शान्ति कँडेलले बताइन् । यसैगरी, समुद्री सतहदेखि दुई किलोमिटरमाथिबाट दक्षिण–पूर्वी बहने हावाले पनि तत्काल मनसुन हुने संकेत गरेको कँडेलको भनाइ छ । ‘हामीले मनसुन प्रवेश गरेपछि घोषणा नै गरी विज्ञप्ति निकाल्छौँ,’ उनले भनिन्, ‘यसपछि मात्रै मौसमबारे विस्तृत जानकारी बाहिर आउँछ ।’ अघिल्ला वर्षहरूमा ढिला गरी मनसुन सुरु भए पनि यस वर्ष समयमै मनसुन सुरु हुने महाशाखालको प्रक्षेपण छ । नेपालमा हरेक वर्ष जुन १० (जेठ अन्तिमतिर) मा मनसुन सुरु भई २३ सेम्टेम्बर (असोज पहिलो साता) मा सकिन्छ । गत वर्ष पनि मनसुन पाँच दिन ढिला गरी १५ जुनमा सुरु भएको थियो ।

औसत वर्षाको प्रक्षेपण
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसत वर्षा हुने प्रक्षेपण गरेको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविज्ञ कँडेलले बताइन् । वैशाख अन्तिम साता भुटानको थिम्पुमा सम्पन्न मौसमसम्बन्धी विज्ञहरूको दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनमा औसत वर्षा हुने अनुमान गरेको थियो । विज्ञहरूले ३० वर्षयताको मौसम विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेका थिए । ‘कम वर्षा हुने भन्दैमा बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ कँडेलले भनिन्, ‘एकै दिन मुसलधारे वर्षा हुँदा प्राकृतिक प्रकोप हुन सक्छ ।’ मनसुन पूर्वी नेपालबाट सुरु भई पश्चिम नेपाल हुँदै पुनः पूर्वीनेपालमै पुगी अन्त्य हुन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता देशका अधिकांश क्षेत्रमा मौसममा बदली भइरहेको छ । बुधबार बेलुकासम्म सुदूरपश्चिमबाहेक अरू क्षेत्रमा बदली रहेको महाशाखाकी मौसमविज्ञ शान्ति कँडेलले बताइन् । मध्य र पूर्वी नेपालको तराई क्षेत्रमा वर्षा भइरहेको विभागले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Source : Naya Patrika

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com