निर्वाचनलाई लिएर राजपा अझै अन्यौलमा


प्रकाशित मिति : जेष्ठ २६, २०७४ शुक्रबार

राष्ट्रिय जनता पार्टी निर्वाचनमा सहभागी हुने नहुने अझै अन्यौल देखिएको छ । सरकारले अझै आफना माग सम्बोधन नगरेको भन्दै राजपाले निर्वाचनको तयारी गरेको छैन । ६ वटा मधेस केन्द्रित दल मिलेर बनेको सो पार्टीले सरकारलाई दबाब दिन आन्दोलन अघि बढाउने तयारी गरिरहेको छ । बिभिन्न जिल्लामा आज आन्दोलन परिचालन समिति गठन गर्न लागेको राजपाका नेताहरुले बताएका छन् । स्थानीय तहवाटै आन्दोलनलाई सशक्त बनाउन जिल्ला स्तरमा आन्दोलन परिचालन समिति गठन गर्न लागेको सो पार्टीको भनाई छ ।

राजपाले संविधान संशोधन नभएसम्म निर्वाचनमा नजाने अडान राखिरहेको छ । सरकारले राजपालाई निर्वाचनमा सहभागि गराउन भन्दै स्थानिय तह नािर्वचन ऐन संशोधन गरेको थियो । राजपाले भने निर्वाचन ऐन शंशोधन भएर मात्र निर्वाचनको वातावरण नबन्ने प्रतिक्रिया दिएको छ । सो पार्टीका नेता केशव झाले संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि, बन्दी रिहा लगायतका माग पुरा भएमात्र निर्वाचनमा सहभागी हुने बताउनुभयो । उसले आन्दोलन तयारीका बिषयमा छलफल गर्न आज कार्यदलको बैठक बोलाएको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com