सुरुङ्गा ९झापा०, २६ जेठ । पाडाजुँगी–गौरिगन्ज भित्री सडकखण्ड अन्तर्गतको गौरादह–२ नगरटोलमा आज बिहान भएको सवारी दुर्घटनामा चारजना गग्भीर घाइते भएका छन् ।
पाडाँजुगीबाट गौरिगन्जतर्फ आउँदै गरेको मे१त ४४३४ नंको ट्याक्टरलाई सोही दिशाबाट आउँदै गरेको को१ख ४२९१ नंको यात्रुवाहक बसले ‘ओभरटेक’ गरी ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गौरादह–५ निवासी ३७ वर्षीया बिमला भुजेलसहित चारजना घाइते भएका छन् ।
घाइते हुनेमा ट्याक्टरका सहचालक ३५ वर्षीय अजय मण्डल, बसमा सवार गौरादह–३ निवासी ४० वर्षीया शारदा डाँगी र २० वर्षीया अनिषा भण्डारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।