भक्तपुरमा बजार अनुगमनमा फेला पर्‍याे किरा परेकाे मासु


प्रकाशित मिति : जेष्ठ २५, २०७४ बिहीबार

संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रागाभैसीको मासु अस्वस्थ तरिकाले बेचिरहेको फेला पारेको छ ।

आपूर्ति व्यवस्थापन उपभोक्ताहित सरक्षण विभागको सयोजकत्वमा पशु सेवा विभाग, प्रहरी, उपभोक्ताकर्मी र सन्चारकर्मीसहितको सयुक्त अनुगमन टोलिले बद्यशाला र कोल्डस्टोर अत्यन्त फोहोर हुनुका साथै मासुमा किरा समेत फेला पारेको हो । भक्तपुर चारदोबाटोमा रहेको काठमाडौ कोल्ड स्टोरमा अनुगमन गर्दा बाहिरबाट हेर्दा सफा देखिएपनि कोल्डस्टोरमा सडेका खसीको मासु भेटिएको हो ।

खसी मासुमा विभिन्न रङ हाल्ने पाइएको छ । उक्त स्टोरबाट सडेगलेको कुखुराको मासु करिब ९ किलो, खसीको मासु १० किलो र ५ किलो माछा नष्ट गरेको अनुगमन टोली सयोजक रमेशकाजी श्रेष्ठले बताए । उक्त स्टोरको बद्यशालमा केही मरेका कुखुरा ल्याएर काट्ने गरेको समेत फेला परेको उनले बताए । ती मध्ये एउटा खुकुरालाई लाग्ने ‘एसाइटिस’ रोग भएको अनुगमनमा सहभागी पशु सेवा विभागका पशु सेवा अधिकृत डा आभास पौडेलले बताए । उक्त कुखुरामा पानी जमेको थियो । ‘कुखुरामा एसाइटिस भएको देखिन्छ । झट् हेर्दा रोगका कारण दुई/तिन दिन अघि नै मरेको देखिन्छ,’ उनले भने, ‘अन्यको हकमा चेपिएर वा विभिन्न कारणले मरेको हुन ।’ मरेका कुखुरा ल्याएर काटेर बिक्री गर्दा तत्काल उपभोक्तालाई असर नगरेपनि दिर्घकालिनरुपमा असर गर्न सक्ने जानकाहरुको भनाई छ ।

कोल्ड स्टोरका बिक्रेता मान बहादुर कटुवालले भने मरेको कुखुरा पून फिर्ता गरिने दाबी गरे । ‘हामी मरेको कुखुरा उपभोक्तालाई बिक्री गर्दैनौ । कुखुरा राती ल्याउनु पर्ने हुदाँ दूइ/तीन बटा मरेका हुन,’ बिक्रेता कटुवालले भने । अनुगमन टोलीले ढुवानीका क्रमममा मरेका कुखुराहरु तत्काल नष्ट गर्न र बधशाला सचालन गर्न स्वीकती लिई मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिएको टोली सयोजक श्रेष्ठले बताए । ‘सरसफाईमा बिशेष ध्यान दिन, कामदारहरुलाई अनिवार्य एप्रोन टोपी, मास्क प्रयोग गर्न र दर्ता प्रक्रियाका सबै काजगात सहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन  दिएका छौं,’ उनले भने ।
टोली भक्तपुर देकोचामा रहेको बिकेश मिट शपका बिक्रेताले सडकछेउममै मासु काटेको थियो । उक्त शपमा अनुगमन गर्दा मासु काट्ने स्थान अत्याधिक फोहोर रहेको फेला परेको छ । मासु काट्ने स्थान र सानो फ्रिजमा राखेको रागाको मासुमा किरा फेला परेको छ । मासु कुहिएर गन्हाएको थियो । उत्त पसलले बिना दर्ता सन्चालन भएको हो । सन्चालकले भने मासु बगुरको लागि भन्दै आफ्नो बचाउ गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानिय प्रहरीको रोहवरमा पसलको कारोबार रोक्का गरिएको छ । ‘फ्रिजमा रहेको मासुजन्य प्रद्धार्थमा किरा परेको भेटिएका र सोही नजिकैबाट मासु पनि बिक्री बितरण गरेको पाइएको छ । उक्त स्थल सरसफाई गरेर मात्रै सन्चालन गर्नेगरी प्रहरीको रोहवरमा बन्द गरेका छौ हाललाई बिक्री कारोबार बन्द गरेका छौ,’ टोली सयोजक श्रेष्ठले भने, ‘बिक्री गर्ने स्थिल सरसफाई गरेपछि प्रहरीले अनुगनगरी कारोबार फुकुवा गर्न निर्देशन दिएक छौ ।’  तीनदिन भित्र मुल्यसुची बनाउन, व्यवसाय दर्तागरी नबिकरण, प्याज दर्ता गरी कागजात पेश गर्न र नापतौलको उपकरण प्रमाणिकरण गर्न निर्देशन दिएको छ ।

बराही अजिमा कोल्ड स्टोरमा पनि ढुसी लागेको मासु फेला परेको छ । व्यवसायीले एक साताअघि काटेको मासु फ्रिजमा राखेको थियो । पसलबाट २९ किलो मासु नष्ट गरेको जनाएको छ । ‘कुखुराको भुत्ला सहित धेरै पुरानो मासु थियो । यो व्यापारीको लापरवाही हो,’ पशु सेवा अधिकृत डा पौडेलले भने । अनुगमनमा सहभागि कन्जुमर आइ नेपलका अध्यक्ष बिमला खनालले मागदण्ड अनुसार कतै पनि लागु नभएको बताइन । व्यवसायीले उपभोक्ताको हकहित अधिकारमा खेलवाड गरेको बताइन ।

‘मासुमा किरा परेको, मरेको खुकुरा, बासी मासु होटल, पार्टी प्यालेसमा जान्छ । त्यसपश्चात उपभोक्ताले नै उपभोग गर्ने हो,’ उनले भनिन, ‘उपभोक्ताको जिउज्यान माथि खेलवाड भयो । अनुगमन गरेपछि गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।’ यसअघि चाडबाडमा पनि सस्तो लोकप्रियताका लागि तामझामका साथ बिशेष अनुगमन हुन्छ । अनुगमनमा कैफियत भेटिएका व्यवसायीलाई कारबाही गर्ने बताएपनि कार्यन्वयन हुन गरेको छैन । गल्ती गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन नसक्दा बजारमा थप समस्या भएको उनको भनाई छ ।

उक्त पसलका सन्चालक मनिसा कैनीलाई ७ दिनभित्र साइनबोर्ड राख्न,बधशाला सरसफाई गर्न, बधशाला सन्चालको स्वीकृती लिन र नापतौल मेसिन प्रमाणिकरण गर्न निर्देशन दिएको छ । जय महेश्वरी मा(बधशाला) र न्यु महेश्वरी सप्लायर्सलाई पनि सरसफाईमा बिशेष ध्यानदिन,मुल्यसुची राख्न,नापतौलका काजगात पेश गर्न,७ दिनभित्र प्यानमा दर्ता गर्न निर्देशन दिएको छ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com