यो वर्ष मनसुन चाँडै, १४ असारमा देशभर भारी वर्षा हुने सम्भावना


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले यो वर्ष चाँडै मनसुन सुरु भएको र असार १४ गते देश निर्वाचनका दिन देशभर भीषण वर्षा हुने सम्‍भावना रहेको जनाएको छ। सामान्यतया १५ जुनबाट मनसुन सुरु हुने भए पनि यस वर्ष भने नेपालमा मनसुन चाँडै हुने भएकाले असार १४ गते देशभर भारी वर्षा हुन सक्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए। उनले भने, ”सामान्यतयाः १५  जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ। तर,  यसवर्ष भने  १० जुनमा नै मनसुन नेपालमा  प्रवेश गर्ने र केही दिनमा देशभर फैलने देखिएको छ। जसले गर्दा असार १४ गते देशभर मनसुन सक्रिय रहने संभावना देखिएको छ।’

दक्षिण एसियामा मनसुन बङगालको खाडी हुँदै उत्तर-पूर्वितिरबाट अगाडि बढ्ने गर्ने र नेपालमा प्रवेश गर्ने गर्दछ। हाल सम्मको मौसमको नक्सा तथा भू-उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्यभागसम्म मनसुन  विकसित भइरहेको र अब केही दिनमै नेपालको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गर्ने हुँदा  केही दिन अगाडि नै मनसुन  भित्रने अनुमान रहेको मौसमविद् श्रेष्ठले बताए। यस्तै, पूर्वी मनसुनको संघारमा  रहेकाले नेपालमा अहिले मौसम बदलीसँगै वर्षात  भइरहेको  र यसका साथै बंगालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त  हावा तथा भारतको विहार असपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असर स्वरुप अहिले नेपालको धेरै स्थानमा मौसम बदली भइरहेको समेत मौसमविद् श्रेष्ठले  बताए।
Source : Thaha Khabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com