प्रधानमन्त्री देउवाद्वारा शपथ


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

काठमाडौँ, २४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । उहाँले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गर्नुभएको थियो ।

यसअघि उहाँ विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित हुनुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी सो समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो ।

यस्तै, राष्ट्रपति भण्डारीले आजै तीन उपप्रधानमन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानसहित सङ्घीय मामिला तथा स्थानीय विकास, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र र काँग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसैगरी, काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, माओवादी नेता जनार्दन शर्माले गृह, काँग्रेसका फरमुल्हा मन्सुरले श्रम तथा रोजगार र माओवादीकै प्रभु साहले बिना विभागीय मन्त्रीको कार्यभार सम्हाल्नु हुनेभएको छ ।

नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुलाई नेपालको संविधान २०७३ अनुसार राष्ट्रपति भण्डारीले गोपनीयताको शपथ गराउनुभएको थियो । रासस

Photo : Naya Patrika

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com