काठमाडौँ, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ ।
महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पाँच लाख ४६ हजार ५६० सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
यस्तै, महाशाखाले जेठ १६ गतेदेखि जेब्रा क्रसिङबाट बाटो नकाटी अन्य स्थानबाट बाटो काट्ने पैदलयात्रुलाई जरिवाना गर्दै आएको छ । महाशाखाले अवैधरुपमा बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ प्रयोग गरी रु २०० जरिवाना लिएको हो । रासस
–––––––
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।