भूकम्पले भत्काएको विद्यालयको पुनर्निर्माण सुरु


प्रकाशित मिति : जेष्ठ २४, २०७४ बुधबार

भक्तपुर, २४ जेठ । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ ।

एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब रु ५३ लाखको लागतमा विद्यालयको पुनर्निर्माण सुरु गरिएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । एईआइएनको रु ४५ लाख र स्थानीयवासीको रु आठ लाख सहयोगमा तीन महिनाभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

भूकम्पका कारण विद्यालयको दुईवटै भवनमा क्षति पुगेपछि चारवटा असुरक्षित कोठामा कक्षा ७ सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम थापाले जानकारी दिनुभयो ।

भक्तपुरको पाटी भञ्ज्याङ, रानीकोट, काभ्रेको नैचाल, सोचे लगायतका क्षेत्रका बालबालिका अध्ययनरत यस विद्यालयको भवन पुनर्निर्माणपछि नर्सरी, जेकेजी र कक्षा ८ सम्म पढाउने गरी व्यवस्था गरिने भएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल छजना शिक्षक दरबन्दी रहेको विद्यालयमा संस्थाले एक राहत शिक्षक राखेर कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाले विद्यालयका ७० विद्यार्थीलाई खाजा, शैक्षिक सामग्री, विद्यालय पोसाक, झोलालगायत सामग्री सहयोग पु¥याउँदै आएको र विद्यार्थीका अभिभावकलाई आत्मनिर्भर बनाउन सीपमूलक काममा सहभागी गराउन आधुनिक कृषिका लागि टनेल तथा सिलाइ÷कटाइ तालिम दिइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com