लन्डन आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गर्नुभएको छ ।

उहाँले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई समवेदना व्यक्त गर्नुको साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको महासचिवका प्रवक्ता स्टेफान डुजार्रिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आतङ्कवाद, हिंसा र अतिवादविरुद्ध लड्नको आफू सधँै बेलायती सरकार र जनताको साथमा रहेको पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

बेलायती सञ्चार माध्यमहरुले आइतबार यस आक्रमणको इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको समाचार सम्प्रेषण गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायती प्रहरीले यस आक्रमणमा संलग्नता रहेको आशङ्कामा १२ व्यक्तिलाई पक्राउ गरेका छन् ।

लन्डनमा गत जुन ३ मा भएको यस आतङ्ककारी आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य ४८ घाइते भएका छन् । घाइते भएका ती ४८ मध्ये २१ को अवस्था गम्भीर रहेको बताइएको छ ।

लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले जथाभावी रुपमा छुरा प्रहार गरेको यस दुईवटा आतङ्ककारी घटना भएको थियो ।

यस घटनामा संलग्न भएका तीनजना संदिग्ध हमलाकारी प्रहरीले हानेको गोलीबाट मारिएका थिए । प्रहरीको गोलीबाट मारिने ती हमलाकारीको पहिचान प्रहरीलाई थाहा भएको जानकारी लन्डन प्रहरीले दिएको छ ।

गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते भएका घटनाको दुई हप्ता बित्न नपाउँदै पुनः यो आक्रमण भएको छ । रासस÷एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com