बस र ट्रक एकआपसमा जुध्दा २२ को मृत्यु


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

नयाँदिल्ली, २२ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबार बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा २२ को मृत्यु हुनुको साथै अन्य १९ जना नराम्ररी घाइते भएका छन् ।

स्थानीय समय अनुसार सोमबार मध्यरातपछि बिहान १ बजे तिर उत्तर प्रदेशको बरेली जिल्लामा निर्माणाधीन राष्ट्रिय राजमार्ग नं. २४ मा उत्तर प्रदेश सरकारको स्वामित्वमा सञ्चालित यात्रु बस र विपरित दिशातिरबाट आइरहेको डिजेल बोकेको एक ट्याङ्कर ट्रक एक आपसमा ठोक्किन पुगी दुर्घटना भएको बरेली प्रहरी प्रमुखले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

दुर्घटनापछि ट्याङ्कर ट्रकबाट डिजेल पोखिई घटनास्थलमा भीषण आगलागी भएको र आगोको लप्कामा परी जलेर १९ जना घाइते नराम्ररी भएका थिए ।

उत्तर पं्रदेशकै गोन्डा जिल्लामा अवस्थित बस स्टेसनतर्फ जाँदै गरेको उक्त बसमा दुईजना चालक, एक जना सहचालक तथा ३८ जना यात्रु यात्रा गर्दै थिए ।,

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त दुर्घटना मध्यरातको समय र बसका प्रायः यात्रु निदाइरहेको समयमा परेको कारण केहीले मात्र भागेर ज्यान बचाउन सकेका र २२ जनाको भने दुर्घटनास्थलमा नै मृत्यु भएको छ । घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएकामध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटनास्थलबाट सोमबार बिहान स्थानीय समयानुसार ५ः४५ मा २२ यात्रुको शव निकाल्न सकिएको र ती शवमध्ये स्त्री या पुरुष लिङ्ग छुट्याउन समेत कठिनाई भएको बरेली जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् ।

यस दुर्घटनाबारे छानबीन गरी सत्यतथ्य पत्ता लगाउन राज्यले एक अनुसन्धान समिति गठन गर्ने आदेश दिएको छ ।

भारतमा सडक दुर्घटनामा हुने हताहतिको सङ्ख्या औसत विश्वको तुलनामा नै बढिरहेको छ । सरकारी तथ्याङ्कअनुसार यहाँ हरेक दिन सडक दुर्घटनामा चार सय भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

जथाभावी रुप र अनियन्त्रित गतिमा सवारीसाधन चलाउनु, सडक एवम् सवारी साधनको मर्मत सम्भारमा कमी कमजोरी वा लापरबाही रहेका कारण यस प्रकारको सडक दुर्घटना हुने गरेको सरकारी अधिकारीको दाबी रहेको छ । रासस ÷सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com