कोरोनाबिरुद्धको मर्क चक्की यूकेबाट स्वीकृत, फाइजरको चक्की पनि ८९% प्रभावकारी


प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार

मर्कबाट उत्पादित कोरोनाबिरुद्धको खाने चक्की यूकेको सरकारले प्रयोगका लागि अनुमति दिए लगत्तै कोरोनाबिरुद्धको खाने चक्की बनाइरहेको फाइजरले पनि आफ्नो औषधी कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने र मृत्यु हुनेदर रोक्न ८९ प्रतिशत प्रभावकारी भएको जनाएको छ । लक्षण विकशित हुन थालेको तीनदिनभित्र उक्त औषधी सेवन गरेको खण्डमा कोरोनाबाट अस्पताल भर्ना हुने वा मृत्यु हुने अवस्था रोक्न ८९ प्रतिशत प्रभावकारी हुने कम्पनीले शुक्रबार जनाएको हो ।

न्युयोर्कमा रहेको फाइजरको मुख्यालय ।

पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ।  १२ सयभन्दा धेरै संक्रमितहरुमा गरिएको परीक्षणमा यो फाइजरको चक्की सेवन गरेकाहरु अस्पताल भर्ना हुने दर निकै कम रहेको थियो । फाइजरको चक्की सेवन गरेका कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन । फाइजरबाट उत्पादित सेवन गर्ने औषधीको प्रभावकारिताबाट स्वास्थ्य जगतमा उत्साह छाएको छ ।

पेन्सिलभेनियामा रहेको मर्कको कार्यालय ।

अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको मोल्न्यूपिरभीरले भने फाइजरलाई उछिनेको छ । लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको यो पहिलो खाने औषधिलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरिसकेको छ भने अमेरिकाको एफडीए समक्ष पनि आपतकालिन प्रयोगको स्वीकृतिका लागि आवेदन दिइसकेको छ ।

कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ। कोभिडको उपचारमा सुईको रूपमा दिनुको साटो खान मिल्ने विश्वमै यो पहिलो पटक अनुमोदन गरिएको एन्टिभाइरल हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूकेले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर औषधि पाउने गरी खरिद सम्झौता गरेको छ। हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २ लाख ५० हजार औषधि पनि यूकेले खरिद गर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com