लागुऔषधसहित तीनजना पक्राउ


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

प्रहरीको गस्ती टोलीले आज बिहान सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित दुर्गा मन्दिर नजिकबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले लागुऔषधसहित लहान नगरपालिका–५ निवासी २२ वर्षीय सनाहुल हक, २४ वर्षीय मोहमद अस्लम र ११ वर्षीय अबराल सेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध डाइजेपाम २० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारान २९ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

बेवारिसे अवस्थामा ४४० थान मोबाइल सेट बरामद

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीको टोलीले गएराति सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको बरियारपट्टि गाउँपालिका–३ बाट रु सात लाख चार हजार मूल्यबराबरको जेन कम्पनीको पी ६१ मोडलको ४४० थान मोबाइल सेट बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

बरामद भएको मोबाइल सेट आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल एकाइ कार्यालय इटहरी सुनसरी पठाएको जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा १५० बिरामीको उपचार

लहान नगरपालिका–३ हस्पिटल चोकस्थित अल्फ्रेड हेल्थकेयर एन्ड डायगनोस्टिक सेन्टर प्रालिको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, थाइराइड, ग्यास्ट्रिक, निमोनियालगायतबाट पीडित ५० जना महिला र १०० जना पुरुषले निःशुल्क स्वास्थ्य जाँच गरेका हुन् ।

कन्सल्टेन्ट फिजिसियन डा विवेक प्रभात साह, बालरोग विशेषज्ञ डा राजेन्द्र राईलगायतका विशेषज्ञ चिकित्सकहरुको सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँच गराएका बिरामीलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको पोलिक्लिनिकका सञ्चालक रोशन कुशवाहाले जानकारी दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com