सुनसरीमा नमुना मतदान


प्रकाशित मिति : जेष्ठ २२, २०७४ सोमबार

जिल्ला निर्वाचन कार्यालय सुनसरीले बदर मत कम गर्न जिल्लाको एक स्थानमा आइतबार नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यालयले कोसी गाउँपालिकाको नहर चोकमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो । गाउँका स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले कोसी गाउँपालिकाको नहर चोक मतदान केन्द्रमा नमुना मतदान गरिएको हो ।

नमुना मतदानमा स्थानीय दलका प्रतिनिधि र केही स्थानीयको सहभागिता रहेको थियो । निर्वाचन कार्यालयले अन्य केही ठाउँमा समेत नमुना मतदान गरेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक पोषराज पोखरेल, सशस्त्र प्रहरी, नेपाली सेना र अन्य सरोकारवालासहितको टोलीले मतदातालाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापनलगायतका विषयमा जानकारी गराएको थियो ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।
अग्निपीडितलाई सुधारिएको चुलो
सुनसरीको श्रीपुरजद्वीका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला समन्वय समितिको सहयोगमा यहाँका अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरेको कोसी गाउँपालिकाको संयुक्त वडा कार्यालय खरिदार देवनारायण लहुटीयले जानकारी दिनुभयो ।

कोसी गाउँपालिकाको श्रीपुरजद्वीका ४५ अग्निपीडितलाई सुधारिएको चुलो वितरण गरिएको हो । उनीहरुलाई धुवाँ कम आउने र छिटो रुपमा खाना पकाउन सहज होस् भनेर चुलो वितरण गरिएको बताइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com