पहिरोले लघुजलविद्युत् आयोजनाको पाइप बगायो


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएको छ ।

विसं २०७३ साउन ८ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले क्षति पु¥याएको नहरको विकल्पमा राखिएको ४० मिटर पाइपलाइन शुक्रबार साँझको वर्षापछि आएको पहिरोले फेरि बगाएको हो ।

पाइपलाइन राखेर मर्मत गरी पुनः सञ्चालनमा रहेको ३५ किलोवाट क्षमताको आयोजनामा पहिरोले क्षति पु¥याएपछि थप समस्या उत्पन्न भएको परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताउनुभयो ।

जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा पाइप खरिद गरी उपभोक्ताले श्रमदान गरेर पाइपलाइन जडान गरेर परियोजना पुनः सञ्चालनको तयारी गरेका थिए । परियोजना बन्द हुँदा गत १० महिनादेखि लुलाङका ३५० घरधुरी उपभोक्ता उज्यालोका लागि सोलार र टुकी प्रयोग गर्न बाध्य छन् । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com