एनआरएन अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेदवारी


प्रकाशित मिति : जेष्ठ २०, २०७४ शनिबार

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको अध्यक्षमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यसअघि शाहले सन् २००९ देखि २०१५ सम्म तीन पटक लगातार तीन कार्यकाल एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । शाहले अव बन्ने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

गतवर्ष नेपाल सरकारले उहाँलार्ई अष्ट्रेलियाको क्विन्सल्यान्ड सहरका लागि पर्यटनदूत नियुक्ति गरेको थियो ।

रासससँग कुरा गर्दै शाहले भन्नुभयो– “मैले तीन कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेपछि अध्यक्षमा मेरो दाबेदारी स्वभाविक हो, म निर्विरोध निर्वाचित हुन्छु ”।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शाहले अस्ट्रेलियमा रहेका नेपालीको समस्या समाधान र हितका लागि काम गर्ने तथा नेपालमा पर्यटक र विदेशी लगानी भित्र्याउने आफ्नो प्रमुख कार्यसूची रहेको पनि बताउनुभयो ।

अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमिसँग सामाजिक र सांस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्न आफ्नो विशेष ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो ।

एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालका लागि असार २४ गते अधिवेशन हुँदैछ । उहाँले अस्ट्रेलियामा शिक्षा, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा लगानी गरिरहनुभएको छ । फेसबुक, मेरो भ्यालेन्टाइन लगायतका नेपाली चलचित्रमा समेत उहाँले नायकको रुपमा अभिनय गर्नुभएको छ ।

अस्ट्रलियामा करिब एक लाख नेपाली रहेको अनुमान गरिए पनि करिब नौ हजारले मात्रै एनआरएनको सदस्यता लिएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com