दश हजार विद्यार्थीलाई छात्रवृत्ति


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

जिल्ला शिक्षा कार्यालयले १० हजार ३१७ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत दलित, अपाङ्ग, सीमान्तकृत, छात्रा छात्रवृत्ति र जेहेन्दार छात्रवृत्ति वितरण वितरण गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

“विद्यार्थीको शैक्षिक गतिविधिमा सुधार ल्याउन छात्रवृत्ति वितरण गरिएको हो,” उहाँले भन्नुभयो । जिल्लाभरका विद्यालयले जेठ १४ गतेदेखि १६ जेठसम्म अभियानकै रुपमा छात्रवृत्ति वितरण गरेका छन् । यस वर्ष कार्यालयले रु ४९ लाख तीन हजार छात्रवृत्ति स्वरुप वितरण गरेको पोखरेलले बताउनुभयो ।

शिक्षा कार्यालयले दलित छात्रवृत्ति आधारभूत तहलाई रु चार सय, मावि तहका विद्यार्थीलाई रु पाँच सय, आधारभूत तह छात्रा सबैलाई रु चार सय र अपाङ्ग विद्यार्थीलाई रु एक हजारका दरले दिने गरेको छ । सीमान्तकृत छात्रवृत्ति आधारभूत तहमा रु चार सय, माध्यमिक तहमा रु एक हजार ७०० र माध्यमिक शिक्षा छात्रवृत्ति रु एक हजार ७०० का दरले वितरण गर्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष दलित छात्रवृत्तितर्फ आधारभूत तहमा २४ जना, माध्यमिक तहतर्फ २७३, छात्रा छात्रवृत्तितर्फ आधारभूत तहका सात हजार १८०, सीमान्तकृत छात्रवृत्ति आधारभूत तहतर्फ ४५, माध्यमिक तहका सात, माध्यमिक शिक्षा जेहन्दार विद्यार्थीतर्फ ६२१ तथा अपाङ्ग छात्रवृत्तितर्फ १५१ जनालाई वितरण गरिएको कार्यालयले जनाएको छ ।

सीमान्तकृत छात्रवृत्ति सबै ५२ जना माझी समुदायका विद्यार्थीलाई वितरण गरिएको छ । जिल्लामा हाल ४६ वटा माध्यमिक विद्यालय र १८३ वटा आधारभूत विद्यालय रहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com