अपाङ्गता भएका व्यक्तिका लागि सामग्री वितरण


प्रकाशित मिति : जेष्ठ १९, २०७४ शुक्रबार

बर्दियामा शारीरिक तथा दृष्टिविहीन अपाङ्गता भएका
व्यक्तिका लागि रु १० लाख मूल्य बराबरको सहायक सामग्री वितरण गरिएको छ ।

वितरण गरिएको सहायक सामग्रीबाट २७ जना शारीरिक अपाङ्गता भएका र दुईजना
दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति लाभान्वित भएका छन् । बर्दिया अपाङ्ग पुनः स्थापना केन्द्र गुलरिया, बर्दियाले जिल्ला समन्वय समिति, बर्दिया र गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा हिजो एक कार्यक्रमको आयोजना गरी सहायक सामग्री वितरण गरेको हो ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज, अनामनगर, काठमाडौँले शारीरिक अपाङ्गता भएका
व्यक्तिका लागि २५ थान आधुनिक मोडलका ह्विल चियर र ट्राइसाइकल निःशुल्क उपलब्ध गराएको हो ।

दुई महिनाअगाडि नाप जाँच गरिएका २७ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरु लाभाान्वित भएका हुन् जसमा १५ जनाले ह्विल चियर, १० ट्राइसाइकल, दुई वैशाखी र दुईजना दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति सेतो छडी प्राप्त गरी लाभान्वित भएको संस्थाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष कृष्णबहादुर क्षेत्रीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख तेजराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मी, गैरसरकारी संस्था महासङ्घ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना, पत्रकार कृष्ण भण्डारी तथा सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका प्रतिनिधि एवम् राष्ट्रिय अपाङ्ग
महास्ङ्घ नेपालका केन्द्रीय सदस्य सुगम भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने स्वागत चिन्तामणि कँडेलले गर्नुभएको थियो ।

शारीरिक अपाङ्गता भएका व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा जानका लागि अरूको सहयोग लिएर कठिनाइ हुने अवस्थामा सहायक सामग्रीको सहायताबाट सहजरुपमा चलफिर गर्न सक्ने र दैनिक जीवनयापनमा पनि सहज हुने शारीरिक अपाङ्गता भएका व्यक्तिको भनाई रहेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com