विराटनगर पुनः महानगरपालिका भयो


प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन् ।

सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन् । असार ८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले महानगरपालिका घोषणा गरेको लगत्तै सर्वोच्चमा रिट परेपछि विराटनगर पुनः उपमहानगरपालिकामा झरेको थियो ।

महानगरपालिका बनेको खुसीमा स्थानीयवासीले दीपावलीसमेत मनाएका थिए । चार दिनपछि पुनः उपमहानगरपालिकामा झरेपछि स्थानीयवासी उदासीन भएका थिए । सरकारले विराटनगरको सिमाना हेरफेर गरी भाथिगन्ज र टङ्कीसिनुबारीलाई थपेर वडाको सङ्ख्यामा वृद्धि गरेको थियो । अब विराटनगरका साविक १९ वटै वडालाई कायम राखी महानगरपालिकामा घोषणा गरिएको छ ।

महानगरपालिकालाई आवश्यक पर्ने क्षेत्रफल, जनसङ्ख्या र अन्य पूर्वाधारयुक्त विषय संवैधानिक तथा कानुनी व्यवस्था तथा स्थानीय तहको आवश्यकताअनुसार भविष्यमा पनि थप क्षेत्र विस्तार गर्दै लैजान सकिने सम्भावनालाई ध्यान दिई बुधबारको मन्त्रिपरिषद्ले सो निर्णय गरेको बताइएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com