अमेरिकामा कोरोनाविरूद्ध खोप लगाउनेलाई एक सय डलर दिन राष्ट्रपतिबाट राज्यहरूलाई आव्हान, न्युयोर्कबाट सुरु


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउनेलाई १ सय डलर दिन राज्य तथा स्थानीय सरकारलाई आव्हान गरेका छन्। खोप लगाउने दर वृद्धि गर्न, समुदायको रक्षा गर्न र जीवन बचाउनका लागि थप राहतका रुपमा १ सय डलर लिन राष्ट्रपति बाइडेनले आव्हान गरेका हुन्।

कोभिड–१९ को डेल्टा भेरियन्ट फैलिएको चिन्ताका बीच सरकारले यो घोषणा गरेको हो। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को एक तथ्यांकअनुसार पूर्ण डोज खोप लिनेको संख्या ४९.४ प्रतिशत छ।

सिडीसीले मंगलबार नयाँ मापदण्ड जारी गर्दै कोभिडको संक्रमणदर उच्च भएका स्थानमा घरभित्र पनि मास्क लगाउन भनेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, केही सहरहरुले कोरोनाविरुद्धको खोप लगाउनेलाई रकम दिन सुरु गरेका छन्। न्युयोर्कले शुक्रबारदेखि पहिलो डोज लगाउनेलाई १ सय डलर राहत दिने घोषणा गरिसकेको छ।

संघीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बाइडेनले बताएका छन्। अमेरिकामा संघीय सरकारका निकायमा मात्रै करिब २० लाख मानिसहरु काम गर्छन्।

बाइडेनले जारी गरेको निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको उल्लेख छ। त्यसैगरी सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ।

खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ। खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ।

राष्ट्रपति वाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताएका छन्। ‘जति धेरै मानिसले खोप लगाउँछन्, कोरोना भाइरसको महामारीबाट हामी उतिनै बढी सुरक्षित हुन्छौँ, त्यसैले यसको फाइदा सवैलाई हुने भएकाले खोप लगाउन प्रेरित गर्नु हामी सवैका लागि हितकर छ’, उनले भनेका छन्।

गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com