मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते


प्रकाशित मिति : जेष्ठ १४, २०७४ आईतबार

तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मिनीट्रक चालक सुन्दरादेवीका राजकुमार तामाङ, शिखरबेँसीका ई क्षीतिज पण्डित रहेका छन् ।
यस्तै, पोष्ट निर्माण गर्न जाजरकोटबाट आएका अनन्त विश्वकर्मा, इन्द्रबहादुर सुनार, डम्बरबहादुर सुनार, धनबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, कृष्ण सुनार र मानबहादुर सुनार रहेका छन् । घाइते मध्ये गाडी चालक तामाङ, पण्डित र जाजरकोटका डम्बरबहादुर र मानबहादुरको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
सैनिक पोष्ट बनाउन निर्माण सामाग्रि सहित १७ जना चढेर यात्रा गरिरहेको मिनीट्रक ब्रेकफेल भएर राती आठ बजे दुर्घटना भएको सहचालक प्रेम तामाङले बताउनुभयो । दुर्घटनामा परेकालाई नेपाली सेनाले उद्धार गरी तीन घण्टा बोकेर सातबिसेसम्म ल्याएपछि मात्र एम्बुलेन्स मार्फत आज बिहान २ बजे उपचारको लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । रातको समय र पानी परिरहेकाले दुर्घटना स्थलसम्म अन्य सवारी जान नसक्दा उद्धारमा कठिनाई र ढिलाई भएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com