चुनाव तयारीका लागि दलहरु गाउँ गाउँ पुग्न थाले


प्रकाशित मिति : जेष्ठ ११, २०७४ बिहीबार

दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सिरहामा दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा पुग्न थालेका छन् । जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि उनीहरु गाउँ गाउँ पुग्न थालेपछि चुनावी गतिविधिले तीव्रता पाउन थालेका हुन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दलले जिल्लामा चुनावी प्रचार प्रसार अभियानलाई तीव्र पारेका छन् । चुनाव प्रचार प्रसारकै क्रममा नेपाली काँग्रेस सिरहाले बुधबार लहान नगरपालिका क्षेत्रमा मोटरसाइकल ¥यालीसमेत निकालेका छन् । मोटरसाइकल ¥यालीले लहान नगरपालिकाको २४ वटै वडामा परिक्रमा गरिने काँग्रेस सिरहाले जनाएको छ ।

जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारको छनौट, अगुवा कार्यकर्ताको प्रशिक्षक तथा नियमित बैठक, छलफललगायत गतिविधि गरिरहेको नेपाली काँग्रेस सिरहाका सभापति तथा सांसद रामचन्द्र यादवले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (एमाले) सिरहाले लहान नगरपालिका–१९ सोनामती मझौरामा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक प्रशिक्षण, पार्टी प्रवेशलगायत चुनावी गतिविधि सञ्चालन गरेको एमालेका नेता तथा कार्यकर्तापनि गाउँ गाउँमा पुग्न थालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले पनि सिरहाको गोलबजार नगरपालिका–८ लबटोली जगतपुरमा गाउँस्तरीय भेला सम्पन्न गरेको छ । निर्वाचनलाई लक्षित गरी पार्टी प्रशिक्षण, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने आकाङ्क्षीको सूची तयारी तथा बैठक र छलफल नियमितरुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “निर्वाचन र साङ्गठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता तथा कार्यकर्तासँग नियमित छलफल अन्तरक्रिया तथा जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकाङ्क्षीको समेत सूची तयार गरिरहेका छौं ।”

संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताउँदै आएका मेधसवादी दलले पनि आन्तरिकरुपमा चुनाव लक्षित गतिविधि गर्दै आएका छन् । निर्वाचनको आन्तरिक तयारीमा जुटेको सङ्घीय समाजवादी फोरम नेपाल धमाधम अरू पार्टीबाट नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउन थालेका छन् ।

त्यस्तै, राष्ट्रिय जनता पार्टीले पनि आन्तरिकरुपमा नगरपालिका र गाउँपालिकाका लागि सम्भावित उम्मेदवारको सूची बनाइरहेको ती पार्टीका नेताले बताएका छन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावी चर्चा–परिचर्चाले समेत व्यापकता पाएको छ ।

सिरहामा सात नगरपालिका र १० गाउँपालिकाका १५८ वडाबाट कम्तीमा ३१६ महिलासहित ८२४ जनप्रतिनिधि चुनिनेछन् । त्यसमा दलित महिला १५८ जना पर्नेछन् । एक लाख ७५ हजार १८४ पुरुष, एक लाख ५६ हजार ४११ महिला र एकजना तेस्रोलिङ्गी गरी कुल तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा ४२६ वटा मतदान केन्द्र र २१९ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com