लमजुङका ४१ बर्षका विजय कुमार गुरुङको अमेरिकाको मासाचुसेट्समा कोठामै निधन
प्रकाशित मिति : फाल्गुन १६, २०७७ आईतबार
अमेरिकाको मासाचुसेट्समा लमजुङका विजय कुमार गुरुङको कोठामै निधन भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका १ कपुर गाउँ स्थायी घर भएका गुरुङको मासाचुसेट्सको चेल्सीमा निधन भएको हो ।
खो बहादुर नामले समेत चिनिने गुरुङको ४१ बर्षको उमेरमा बिहिबार निधन भएको जनाइएको छ । गुरुङको निधनको कारण खुलेको छैन ।
गुरुङको श्रीमती र ४ जना बच्चाहरू हाल नेपालमै रहेको जनाइएको छ । उनको अल्पायु मै भएको दुःखद निधनले आफ्नो समुदाय तथा परिवारजनले एकसदस्य गुमाउनुपरेकोमा ग्रेटर बोस्टन नेपाली समुदायका तर्फबाट दुख व्यक्त गरिएको छ ।
दुःखद घडीमा हामी स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारमा हार्दिक समवेदना समेत व्यक्ति गरिएको छ । ग्रेटर बोस्टन नेपाली कम्युनिटीले गुरुङको परिवार र मित्रहरूसँग अन्तिम संस्कारको लागि समन्वय गरिरहेको जनाएको छ ।
अन्त्येष्टिका लागि मिति, समय र स्थान तय भएपछि यससम्बन्धमा थप जानकारी गराउने तथा नेपाली समुदायमा यो कठिन समयमा अन्त्येष्टि गरी शोक सन्तप्त परिवारजनलाई सहयोग गर्नका लागि गोफण्डमी आर्थिक सहयोगको आव्हान गरिएको छ ।