न्युयोर्क सिटीमा रेष्टुरेण्ट कामदार र ट्याक्सी ड्राइभरलाई भ्याक्सिन, यसरी लिनुहोस् अप्वाइन्टमेन्ट
प्रकाशित मिति : माघ २१, २०७७ बुधबार
न्युयोर्क सिटीमा रेष्टुरेण्टमा काम गर्नेहरु र ट्याक्सी ड्राइभरहरुपनि कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न योग्य भएका छन् । उनीहरुका लागि कोरोनाबिरुद्धको भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट समेत खुला गरिसकिएको छ ।
गभर्नर कुमोले ष्टुरेण्टमा काम गर्नेहरु र ट्याक्सी ड्राइभरहरुलाई योग्यको सुचीमा राख्न न्युयोर्कका स्थानीय सरकारहरुलाई अनुमति प्रदान गरे लगत्तै न्युयोर्क सिटीले उनीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनका लागि अप्वाइन्टमेन्ट खुला गरेको हो । टीएलसी लाइसेन्स भएका सबै व्यक्ति कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न योग्य भएका हुन् ।
अप्वाइन्टमेन्ट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।
बिहिबार र शुक्रबारका लागि ब्रोंक्स र स्टेटन आइल्याण्डका कैयन स्थानमा अप्वाइन्टहरु खुला छन् । केहीसमयमात्र रहने भएकाले छिटो लिन सुझाव दिइएको छ ।

न्युयोर्कमा झण्डै ३२ लाख भ्याक्सिनका डोज डेलिभरी गरिएको सीडीसीले जनाएको छ । झण्डै २० लाखले भ्याक्सिनका डोजहरु पाइसकेका छन् जसमध्ये दुबै डोज पाउनेहरु साढे ३ लाख बढी छन् ।
न्युयोर्कमा अहिलेसम्म भने ६५ बर्षभन्दा माथिका सबै, ग्रोसरी स्टोरमा ग्राहकतिर अनुहार फर्काएर काम गर्नुपर्नेहरु, अग्नीनियन्त्रक, प्रहरी, जनसुरक्षा संचारमा काम गर्नेहरु, कोर्ट अफिसरहरु, जेलमा काम गर्नेहरु, शिक्षण संस्था र चाइल्ड केयरमा काम गर्नेहरु, सार्वजनिक यातायातमा काम गर्नेहरु, होमलेस सेल्टरमा रहनेहरु, रेष्टुरेण्ट कामदार र ट्याक्सी ड्राइभरहरु भ्याक्सिन प्राप्त गर्न योग्य छन् ।






