कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात, सबैभन्दा बढी भेरोसेल


प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार

कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको स्वास्थ्य सेवा विभाग अन्तगर्तको आपुर्ति व्यवस्थापन शाखाले जनाएको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात भएको शाखाले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ। डा. चौरसियाले अहिले कोभिड सङ्क्रमण घटिरहेकोले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिनुभयो। चौरसियाका अनुसार सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ। भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ । भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका)लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ। सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ।
अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ। नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेकामा कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ। यस्तै कूल जनसङ्ख्याको ७९ दशमलव पाँच प्रतिशतले पहिलो मात्रा र ७६ दशमलव पाँच प्रतिशतदले पूर्ण मात्राको खोप लगाइसकेका शाखाले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com