बुस्टर डोजका लागि ३० लाख डोज फाइजर खोप ल्याइँदै


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको बुस्टर डोजका लागि फाइजर खोपलाई अनुमति दिएको छ । मंगलबार फाइजर खोपलाई आपतकालीन प्रयोग अनुमति दिने निर्णय भएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

औषधि विभागको अनुमति पाएसँगै स्वास्थ्य सेवा विभागलाई बुस्टरका लागि फाइजर खोप ल्याउन बाटो खुलेको छ । विभागले दुई साताभित्रै कोभ्याक्समार्फत ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको छ ।

यसअघि सो खोप १२ वर्षमुनिका बालबालिकालाई दुई डोज दिइएको भएपनि अहिले अनुमति पाएको फाइजर बुस्टर डोजका लागि मात्रै प्रयोग हुने केसीले
यसअघि १८ वर्षमाथिका नागरिकलई एस्ट्राजेनेका, कोभिसिल्ड खोप बुस्टरका रूपमा दिइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com