बुढानिलकण्ठ १ बाट एमालेको प्यानलनै विजयी


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

काठमाडौंको बुढानिलकण्ठका वडा नम्बर १ बाट एमालेको प्यानलनै विजयी भएको छ । निवार्चन अयोगका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ बाट एमालेका श्रीकृष्ण श्रेष्ठको प्यानलनै बिजयी भएको हो । अन्य क्षेत्रबाट पनि मत परिणाम आउने क्रम जारी छ ।

मतगणना भइरहदा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  २८ स्थानमा काँग्रेस अगाडि देखिएको छ भने  २६ स्थानमा एमाले अगाडि देखिएको छ । माओवादीले १४ स्थानमा अग्रता लिइरहेको जनाइएको छ ।

आइतवार भएको मतदानमा देशभर झण्डै ५० हजार उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । २० बर्षमा भएको स्थानीय तहको चुनावमा मतदाताहरु पनि निकै उत्साहित ढंगले सहभागी भएका थिए । कुल मतदाताहरुमध्ये ७१ प्रतिशत मतदान गरेको निर्वाचनलाई सफल रुपमा हेरिएको छ ।

सबैभन्दा ठूलोमध्येको निर्वाचन क्षेत्र काठमाडौंमा झण्डै १ मिटर लामो मतपत्र रहेको थियो भने ८७८ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा यसअगाडि सन् १९९७ मा स्थानीय निकायको निर्वाचन भएको थियो । जसको पाँचबर्षे कार्यकाल सन् २००२ मा सकिएको थियो । त्यसपछि नेपालको राजनीतिक अवस्थाका कारण स्थानीय चुनाव हुन सकेको थिएन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com