तारकेश्वरमा निर्वाचन तयारी पूराः उम्मेदवार जनताको घरघरमा


प्रकाशित मिति : बैशाख २८, २०७४ बिहीबार

यही वैशाख ३१ गते आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा अवस्थित तारकेश्वर नगरपालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

यहाँका ११ वडाका १४ मतदानस्थल तथा ३५ मतदान केन्द्रमा मतदान अधिकृत परिचालन भइसकेका छन् भने मतदाता परिचयपत्र वितरणका लागि ठाउँठाउँमा सर्वदलीय बैठक भइरहेका छन् । बिहीबारदेखि यस नगरका २९ हजार ५०२ मतदाताको परिचयपत्र वितरण गर्ने नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस नगरपालिकामा ८१ हजार ४४३ जनसङ्ख्या बस्ने गरेपनि आप्रवासीको बाहुल्यता रहेकाले पनि मतदाता कम देखिएका छन् । निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचनमा सहभागी १० दल र चार स्वतन्त्रसहित गरी २९८ उम्मेदवार जनताका घरदैलोमा मत माग्न व्यस्त छन् जसमध्ये १४ जना नगरप्रमुखका प्रत्याशी छन् । नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द०, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपालजस्ता पार्टीले आफ्ना उम्मेदवार निर्वाचित गराउन ती पार्टीका कार्यकर्ता जनताका घरघरमा पुगेका छन् ।

अन्य महानगर, उपमहानगर र नगरपालिका जस्तै यस नगरपालिकामा महिला उम्मेदवार उपप्रमुखमै सीमित छन् । प्रमुखको उम्मेदवारमा राष्ट्रिय जनमोर्चाले रमा शर्मा गौतमलाई अगाडि सारेको छ । उहाँ पनि जनताको घरदैलोमा पुगेर आफ्ना प्रतिबद्धता व्यक्त गर्दै हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही बैशाख ३१ गते हुने निर्वाचनमा २७ पदका लागि तारकेश्वरबाट ११३ महिलाले र १८५ जना पुरुषले उम्मेदवारी दर्ता गराएका छन् । दुई वर्षअघि घोषणा भएको यस नगरको पूर्वमा टोखा, उत्तरपश्चिममा नुवाकोट जिल्ला, दक्षिणमा काठमाडौँ महानगर र दक्षिण पश्चिममा नागार्जुन नगरपालिका पर्छन् ।

यस क्षेत्रको महत्वपूर्ण केन्द्रमध्येमा फुटुङ, मनमैजु र धर्मस्थली हुन् । यहाँ बाक्लो नयाँ बस्ती बसेको छ । मनमैजु अर्थात् तारकेश्वर नपा–९ ऐतिहासिकस्थल हो । मनमैजुको प्रख्यात अजिमा ‘इन्द्रायणी’ काठमाडौँ उपत्यकामै प्रख्यात मन्दिर हो । यहाँ गाईजात्रा, इन्द्रजात्रा, दसैँ जात्राजस्ता परम्परागत प्रचलन वर्षौंदेखि कायम छन् ।

नेपाली काँग्रेसले अगाडि सारेका नगरप्रमुखका उम्मेदबार श्रीराम थापाले नगरवासीलाई स्वच्छ र जनमैत्री बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको पूर्वाधारलाई सुधार गर्ने र जनताको आधारभूत आवश्यकता – खानेपानी, स्वास्थ्य, शिक्षाजस्ता विषयमा आफ्नो विशेष जोड रहने बताउनुभयो ।

राजनीतिक अन्योलका कारण मुलुकको आर्थिक र सामाजिक विकासमा देखिएको गत्यावरोध अन्त्य गर्न यो निर्वाचन महत्वपूर्ण हुने यहाँका मतदाताको बुझाइ छ । मनमैजुवासी मतदाता चङ्खलाल महर्जन भन्नुहुन्छ, “सामाजिक परिवर्तनका मुद्दा उठाउने उम्मेदवारलाई मतदान गर्छु ।”

नेकपा ९एमाले०का नगरप्रमुखका उम्मेदवार रामेश्वर बोहोराले स्थानीय जनताको आकाङ्क्षाअनुसारको विकास अवधारणालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै यहाँको सडकको स्तरोन्नती तथा स्वास्थ्य, शिक्षालाई विशेष जोड दिने बताउनुभयो । उहाँले समृद्ध जनताको समृद्ध सहर बनाउने घोषणासमेत गर्नुभयो ।

तारकेश्वर–२ का ६६ वर्षीय मतदाता कृष्णबहादुर तामाङले आफ्नो घरदैलोमा सधैँ आउने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । उहाँका अनुसार सहरलाई सही तवरले अगाडि बढाउने नेतृत्वको आवश्यकता छ । त्यस्तै विचार अर्का मतदाता लक्ष्मण महर्जनको पनि छ ।

नेकपा ९माओवादी केन्द्र०का नगरप्रमुखका उम्मेदवार धनलाल महर्जनले आफू निर्वाचित भए नगरमा सुशासन कायम गर्दै भौतिक पूर्वाधार विकासलाई विशेष जोड दिने बताउनुभयो । उहाँले प्राविधिक क्याम्पस स्थापना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरप्रमुखका उम्मेदवार राजकुमार खड्काले सफा र स्वच्छ सहर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका नगरप्रमुखका उम्मेदवार सकनमान महर्जनले सहरको दायाँबायाँको हरियाली विकास गर्ने, खानेपानी मुहानलाई जलाधार क्षेत्र घोषणागरी संरक्षण गर्ने र टोलटोलमा खानेपानीको सहज पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचनमा उम्मेदवारी दिने सबै प्रत्याशीले आफ्ना प्रतिबद्धता व्यक्त गरेका छन् । यो सहरवासीका लागि सुखद अवसर हो । त्यसको साथै सङ्घीय गणतन्त्र नेपालको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनु सबैका लागि ऐतिहासिक क्षण पनि हो ।

यस ऐतिहासिक अवसरलाई सफल बनाउन निर्वाचन आयोगले सबै तारतम्य मिलाएको नगरका निर्वाचन अधिकृत निर्मला योङ्याले राससलाई जानकारी दिनुभयो ।

उहाँले सुरक्षाका दृष्टिकोणले तारकेश्वर नगर संवेदनशील भएकाले सबै सुरक्षा निकायसँग निरन्तर समन्वय गरिएको बताउनुभयो । सबै दृष्टिकोणले सबै निर्वाचनलाई व्यवस्थित गरिएको अधिकृत योङ्याले दाबी गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com