अस्पतालबाट फर्केपछि ट्रम्पको व्यवहार अस्वभाविक र अनियमित, कुरा बदल्दै ट्वीटको बर्षा


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

कोरोना संक्रमणपछि तीनदिन अस्पताल बसेर ह्वाइट हाउस फर्र्किएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहार अस्वभाविक र अनियमित देखिएको छ । ह्वाइटहाउसको क्वारेन्टीनमा रहेका ट्रम्पले दर्जनौं ट्वीटको बर्षा गरिरहेका छन् भने छिनछिनमा कुराहरु फेरिरहेका छन् ।

ह्वाइटहाउस फर्केपछि ट्रम्पले न्युयोर्कका पोष्टका स्तम्भकारको इमेल ठेगानासहितको ट्वीट गरेका थिए । त्यसपछि ट्वीटरले नीतिको उल्लंघन भएको भन्दै केहीबेर ट्रम्पको ट्वीटर एकाउन्ट लक गरिदिएको थियो । पछि ट्वीटरले उक्त ट्वीट हटाइदिएको थियो । कोरोनाबारे भ्रम फैलाउने खालको ट्रम्पको अर्को एउटा ट्वीटमा नीतिको उल्लंघन भएको भन्दै ट्वीटरले फ्लाग गरेको छ ।

मंगलबार राहत प्याकेजबारेको वार्ता चुनावसम्म अगाडि नबढाउन ह्वाइटहाउसका वार्ताकारहरुलाई निर्देशन दिइएको भन्दै ट्रम्पले ट्वीट गरेका थिए । न्यान्सी पेलोसीले अनावश्यक माग गरेको भन्दै ट्रम्पले ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनलाई राहत प्याकेजबारेको वार्ता स्थगित गर्न निर्देशन दिदै आफूले चुनाव जितेपछि राहत प्याकेज पारित गर्ने बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर त्यसको केही घण्टापछि मंगलबार राती अर्को ट्वीट गर्दै ट्रम्पले राहत प्याकेज तत्काल पारित गर्न संसदलाई आव्हान गर्दै ट्वीट गरेका छन् । ७ घण्टामा नै ट्रम्पले पहिले आफैले भनेको कुरा उल्टाउँदै राहत प्याकेज तत्कालै पारित गर्नुपर्ने बताएका हुन् । राती १० बजेपछि ट्वीट गर्दै उनले १२ सय डलरको दोश्रो चरणको राहत चेक सहितको प्याकेज तत्काल पारित गर्न संसदलाई आव्हान गरेका थिए । आफू अहिले नै त्यसमा हस्ताक्षर गर्न तयार रहेको उनले बताएका छन् ।

सोमबार अस्पतालबाट फर्केपछि ट्रम्प सार्वजनिक रुपमा देखा परेका छैनन् । अस्पतालमा उनलाई विभिन्न प्रकारका औषधीहरु दिइएको थियो, जसमा केही औषधीहरु परीक्षणका क्रममा रहेका औषधीहरु समेत थिए ।

मंगलबार लगातार ट्वीटको बर्षा गरिरहेका ट्रम्पले आजविहानमात्र तीनघण्टाभित्र ५५ वटाभन्दा धेरै ट्वीट र रिट्वीट गरेका छन् । अधिकांश ट्वीटहरु निकै आक्रमक रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com