भण्डार र वितरणमा सहज जोन्सन एण्ड जोन्सनको भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणमा


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

अन्तिम चरणको परीक्षणमा रहेका अन्य तीन भ्याक्सिनको तुलनामा भण्डारण गर्न र परिचालन गर्न सहज जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम चरणको परीक्षण सुरु भएको छ । तेश्रो चरणको क्लीनिकल परीक्षण अन्तरगत यो भ्याक्सिन ६० हजारलाई सिंगल सट दिइने भएको छ ।

यसअगाडि नै अमेरिकाका मोडेर्ना, फाइजर र बेलायतको आष्ट्राजेनेकाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन तेश्रो चरणको क्लीनिक परीक्षणका क्रममा छन् । तर यी भ्याक्सिन अत्यन्तै चिसो तापक्रममा राख्नुपर्ने भएकाले भण्डारण र परिचालन गर्नमा कठिन हुने जनाइएको छ ।

जोन्सन एण्ड जोन्सनको अमेरिकामा तेश्रो चरणको क्लीनिकल परीक्षण पूरा भइसकेपछि यसको प्रभावकारिताबारे निक्र्यौल निकालिने भएको छ । तर जोन्सन एण्ड जोन्सनको सबै डाटाहरु तयार हुन यो बर्षको अन्त्यसम्म लाग्ने अनुमान गरिएको छ । अर्कोबर्ष यो कम्पनीले १ बिलियन डोज तयार पार्ने लक्ष्य लिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो भ्याक्सिनको एउटामात्रै डोज दिए पुग्ने भएकाले पनि स्वीकृत भएको खण्डमा भ्याक्सिन लगाउने कार्य सहज हुनेछ । तेश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका अन्य भ्याक्सिनहरु दुईवटा डोज दिनुपर्ने जनाइएको छ । अमेरिकाले यो भ्याक्सिनका लागि डेढ बिलियन डलर लगानी गरेको छ, जसअन्तरगत सुरुमै १ सय मिलियन डोज अमेरिकाले पाउनेछ ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भाइरल भेक्टर विधिबाट बनाइएको छ । जस अन्तरगत हानी नगर्ने भाइरसको प्रयोग गरिन्छ । मोडेर्ना र फाइजरका भ्याक्सिन न्युक्लेइक एसिडको प्रयोगबाट बनाइएका हुन् । आष्ट्राजेनका भ्याक्सिन भने भाइरल भेक्टर विधिबाट बनाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com