स्थानीय चुनावमा पत्रकार आकाङ्क्षी


प्रकाशित मिति : बैशाख १५, २०७४ शुक्रबार

स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् ।

प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि पार्टीमा उम्मेदवारी दिनुभएको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष एवम् नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले नेपाली काँग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकाङ्क्षा देखाउनुभएको छ । उहाँले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिनुभएको छ ।

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवम् अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाइसक्नुभएको छ । अधिकारीले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा आउने दाबी गर्नुुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा आकाङ्क्षा देखाउनुभएको छ । पौडेल हाल जिल्लास्थित रेडियो भोटेओडारको निर्देशक र मूलखबर अनलाइनमा आबद्ध हुनुहुन्छ ।

प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवारका लागि पार्टीमा निवेदन दिनुभएको छ । उहाँ पनि जिल्लास्थित रेडियो भोटेओडारको व्यवस्थापक हुनुहुन्छ ।

परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । उहाँले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी गर्नुभएको हो । सोही पत्रिकाका कार्यकारी सम्पादक एवम् प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मस्र्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

यस्तै, पत्रकार महासङ्घ लमजुङका पूर्वअध्यक्ष एवम् ‘लमजुङ दर्पण’ दैनिकका सम्पादक कृष्ण केसीले नेकपा ९एमाले०बाट बेसीसहर नगरापालिकाको प्रमुख पदका लागि आकाङ्क्षा देखाउनुभएको तर उहाँले पार्टीमा आन्तरिक उम्मेदवारी दिएपनि पछि फिर्ता लिनुभएको थियो ।

सवैजनाले आन्तरिक पार्टीमा आकाङ्क्षा व्यक्त गर्दै उम्मेदवारी दिए पनि उम्मेदवार टुङ्गो भने कसैको पनि भएको छैन । पार्टीमा आकाङ्क्षी धेरै भएपछि दललाई उम्मेदवार चुन्न सकस भएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com