मास्क घाँटीमा बेरेर आफ्नै ज्यान लिए अमेरिकी जेलमा रहेका कैदीले


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

मास्क घाँटीमा बेरेर अमेरिकाको कनेक्टिकटको जेलमा रहेका एकजना कैदीले आफ्नो ज्यान आफै लिएका छन् । ३२ बर्षीय डानियल ओकासियोले मास्क घाँटीमा बेरेर आफ्नो ज्यान आफै लिएको प्रहरीले जनाएको छ ।

उनलाई कोरोनाको संक्रमण फैलिनबाट रोक्ने उद्देश्यले कपडाको मास्क दिइएको थियो । तर उनले त्यही मास्क घाँटीमा बेरेका थिए । उनलाई अस्पतालमा लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको मृत्युबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । उनी गत अगस्त ५ देखि थर्ड डिग्री डकैतीको अभियोगमा जेलमा रहेका थिए । कोरोनाको महामारीका बेलामा जेलमा रहेका कैदीहरु जोखिममा रहेकोबारे बहस भइरहँदा उनको मृत्यु भएको हो ।

गत जुलाईमा प्रकाशित एउटा तथ्यांक अनुशार जेलभित्र संक्रमणदर झण्डै ६ गुणा बढी रहेको देखाइएको थियो । हरेक एकलाखमा औषतमा ३२५१ कैदीहरु संक्रमित रहेको तथ्यांकमा देखाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कनेक्टिकटको जेलमा १३ सय भन्दा धेरै कैदीहरुमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कम्तीमा ७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com