अपराधबिरुद्धको युनिट खारेजपछि न्युयोर्कमा हिंशामा बृद्धि, ४८ घण्टामा ४० जनामाथि गोली प्रहार


प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार

विगत ४८ घण्टामा न्युयोर्क सिटीमा ४० जनामाथि गोली प्रहार भएको छ । शुक्रबार र शनिबार भएका विभिन्न गोलीकाण्डमा कम्तीमा २ जनाको मृत्यु भएको छ ।

जुन महिनादेखि हिंशाका घटना बढ्दै गएपनि विगत ४ सातादेखि न्युयोर्क सिटीमा हिंशाका घटनाहरुमा थप बृद्धि भएको छ । गतबर्षको सोही अवधिको तुलनामा यो बर्ष यस्ता घटनामा तेब्बर बृद्धि भएको छ ।

खासगरी न्युयोर्कमा अपराधबिरुद्धको रणनीतिमा परिवर्तन गरेयता हिंशाका घटनामा बृद्धि भएको हो । प्रहरीबिरुद्ध प्रदर्शनहरु भएपछि जुन महिनामा न्युयोर्कको अपराधबिरुद्धको युनिट खारेज गरेर त्यहाँ रहेका झण्डै ६ सय प्रहरी अफिसरहरुलाई अन्यकाममा लगाइएको थियो ।

शनिबार विहान भएका घटनामा दुईजनाको मृत्यु भएको थियो । अरु ४० घाइतेहरु शुक्रबार मध्यरातदेखि बेलुका पौने ५ बजेसम्मका हिंशात्मक घटनामा परेकाहरु थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा भयानक गोलीकाण्ड विहान १ बज्नैलाग्दा हार्लममा भएको थियो, जहाँ छातीमा लागेको गोलीका कारण एकजना ३० बर्षका व्यक्तिको मृत्यु भएको थियो । दोश्रो घटना क्वीन्सको रिजउड स्ट्रीटमा विहान ३ बजे भएको थियो, जहाँ ड्युटीमा नभएका एकजना करेक्सन अफिसरमाथि टाउकोमा गोली हानेर हत्या गरिएको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com