भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा
प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन् । कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना भएका मुखर्जीलाई दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पतालले कोमामा राखेको छ ।
अस्पताललाई उदृत गर्दै मुखर्जीको स्वास्थ्य अवस्था भने स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो ।
केहिदिनअघि पूर्वराष्ट्रपति मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।
भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।





