शब्दको कम्पन


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

-प्रेमबहादुर शाही

लेख्न, पढ्नु भनेको कुनै अपराध गर्नु हैन । जीवनमा कतिसम्म लेख्नु पढ्नु पर्दछ भन्नेमा न यसको न सीमा हुन्छ, न उम्मेर हुन्छ । शिक्षा एउटा अनन्त ज्ञान पनि हो । त्यसैले राम्रो शिक्षाले ब्यक्तिदेखि राष्ट्रलाई समेत ठूलो योगदान पु¥याएको हुन्छ । पढेलेखेका ब्यक्तिको वोलि ब्यवहारदेखि हरेक कुराहरुमा अन्य सामान्य ब्यक्ति भन्दा फरक हुन्छ । त्यसैले पछिल्लो समयमा मासिको बौद्धिक क्षमता यति धेरै वृद्धि भएको छ कि जसले छिनछिनमा विश्वमा एउटा चहलपहनै ल्याईदिन्छन । उनीहरुले लेखेका चोटिला र गहकिला विषय वस्तु यति शक्तिशालि हुन्छन ।

जसले त्यसको अध्यन उनीहरुले युद्धको विषर्ण र आगोको लाप्कामा रमाउच चाहन्छन । कुनै यति पुस्तकहरु छन जुन पुस्तक पढ्यो भने पाठकहरुको जीवनमा केही नै केही परिवतन ल्याईदिन्छन । हाम्रो समाजमा विद्यमान सामाजिक कुरुति र अमानविय ब्यवहारदेखि राष्ट्रध्यक्ष कर्सीमा आसिन हुने सम्मलाई यति तिखो वर्ण प्रहार गरिरहका हुन्छन । मानिसहरुसँग यति धेरै क्षमता रहेछ भन्ने वारेमा विगत केही वर्ष यतादेखि प्रकाशनमा आएका पुस्तकहरुले पनि पुष्ट¥याई गरिरहेको छन । आम पाठकहरुको मन यतिसम्म जित्न सफल भए कि जसले पहिला प्रकाशित संख्याले नपुगि पुनः त्यहि संख्यामा त्यहि किताव प्रकाशन पुर्नु पर्ने बनायो ।

हाम्रो देशमा कहाँबाट कति पुस्तकहरु प्रकाशन भएभने सवै स्थानहरुको विवरण राख्ने एउटा माध्यम नहुदा लेखकहरु निकै पीडित हुने गरेका छन । जसले जे मन लागेको छ, जहाँबाट पनि प्रकाशन गर्न सकिन्छ भनेर गलत पद्दतिको बाटोलाई आत्मसाथ गरेका छन । यो उनिहरुको जीवनमा एकपटक प्रकाशन गरिएको पुस्तक लागि त राम्रो होला तर दर्जनौ पुस्तकहरु प्रकाशन गरिरहेका लेखको लागि नराम्रो हुन्छ । नेपाली लेखकहरुले जति पनि पुस्तकहरु लेखेका छन ती पुस्तकहरु एउटा निकायबाट संकलन गरी त्यसको विवरण राख्न सकियो भने पाठकहरुले जुन वेला जुन किता चाहन्छन त्यो किताव सहज पाउने थिए । यतिमात्र हैन भावि पुस्ताको लागि इतिहास हुने छ । देशमा सयौं पुस्ताकलयहरु पनि नभएका हैनन् । ठाउँ ठाउँमा पुस्ताकलयहरु पनि स्थापना गरिएका छन । तर ती पुस्ताकलहरुका केही समय अघि प्रकाशन भएका पुस्तकहरुमात्र छन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

केही सीमित लेखहरुले लेखेका पुस्तकहरु छन । लेखकहरुलाई आत्मसाम्मान चाहिएको छ भने त्यहो हो, राज्यले एकद्धार प्रणालीबाट पुस्तकहरु प्रकाशनको ब्यवस्था मिलाई सवै पुस्तकहरुको पुस्तक संग्रहलय चाहिएको छ । जुन पाठकले जुन पुस्तक पढ्न चाहेको छ त्यहि पुस्तकहरु पाठको हातमा थपाउन सक्नु पर्दछ । त्यो नै लेखहरुको लागि सवैभन्दा ठूलो गौरवको विषय हुने छ । वि.स. २०७३ सालमा नेपालमा करिव दुई हजार पुस्तकहरु प्रकाशित भएका छन भन्ने जानकारी मात्र निकालिएको छ, यो तथ्यांकले प्रकाशनमा आएका सवै पुस्तकहरुलाई समेटिएको छैन । एउटा तथ्य सकैले सार्वजनिक गर्नु स्वाभाविक पनि मानिन्छ किन की त्यति गर्नु लेखकहरुलाई हौसल्ला दिनु पर्ने हो ।

हामीले कलम चलाईरहदा त्यसलाई कसैले पच्छाईरहेको छ भनेर सजक र सर्तक रहनु पनि हो । पछिल्लो समयमा शारदा शर्मा, शुक्रराज शास्त्री, कुमार नगरकोटी, उमा सुवेदी, चित्रप्रसाद वाग्ले र पूजा पराजुली वाग्ल, नवीन विभास सुशान्त, किशोर नेपाल, नवराज सापकोटा, नवराज लम्साल, सुधीर शर्मा, खगेन्द्र संग्रौला लगाएका अन्य धेरै लेखकहरुले लेखेका पुस्तकहरुले बढी चर्चा पाउने गरेका छन । यी लेकहरुले लेखेका किताहरु आम पठाको मन जित्न सफल भएका छन । दैवी प्रकोप, मानवीय स्वभाव, मिथ, नारी प्रति गरीने अमानविय ब्यवहार, राजनीति, सामाजिक कुरीतिको पर्दाफास गरी नेपालको राष्ट्रयता, राष्ट्रभाव, भूराजनीतिकलाई यथार्थ चित्रण गरिएका छन । आम पाठकहरुको मन मस्तिष्कमा वसिरहका हुन्छन र विश्व जगतलाई हल्लाईरहेका हुन्छन ।

लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com