संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।
करिब ६ः१२ जीएमटीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पनको केन्द्रविन्दु एंकोरेजभन्दा ५ सय माइल दक्षिणपश्चिम र पेरीभिलभन्दा ६० माइल दक्षिण पूर्व रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।
उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन । भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो । अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । थप विवरण आउन बाँकी रहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।