अध्यागमनको डरले अस्पताल नजांदा स्कटल्यान्डमा एक नेपाली युवाले ज्यान गुमाए


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

स्कटल्यान्डको पर्थमा बस्दै आएका एक नेपाली युवाको निधन भएको छ ।

दोर्जे भनिने अन्दाजी ३० वर्षीय बन्टी शेर्पाको आइतबार बिहान निधन भएको स्थानीय समाजसेवी भोला खनालले जानकारी दिए ।

खनालका अनुसार काठमाडौं बौद्ध घर भएका मृतक दोर्जे पछिल्लो ६/७ वर्षदेखि स्कटल्यान्डको पर्थमा बस्दै आएका थिए । उनको परिवार नेपालमै छ ।

पर्थमा एक बंगलादेशी संचालक रहेको रेष्टुरेन्टमा काम गर्दै आएका दोर्जे गत २ महिनादेखि बिरामी थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘उनको तौल पनि घट्दै गएको थियो । काम पनि छोडेर बसेका रहेछन्’, शनिबार मात्रै दोर्जेलाई खाना पुरयाएर फर्किएका खनालले भने, ‘जांच गराउनका लागि अपोइन्टमेन्ट बुक गरेको छु भन्थे । हिजो एक्कासी नराम्रो खबर सुनियो ।’

स्थानीय नेपालीहरुका अनुसार आइतबार बिहान उनी आफ्नो घरको ढोकानेर ‘कोल्याप्स्’ भएका थिए । उनलाई ढलेको देख्नेहरुले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी र एम्बुलेन्स आइपुग्दा उनको निधन भइसकेको थियो ।

दोर्जेको शब अहिले डन्डी अस्पतालमा राखिएको छ ।

स्थानीय नेपालीले बताएअनुसार बिरामी भइ काममा जान नसक्ने भएर घरमै बस्दा समेत उपचारको लागि अस्पताल गएका थिएनन् दोर्जे । कागजको समस्याका कारण अस्पताल जाँदा केही झमेला आइपर्छ कि भनेर उनी डराएका थिए । उनका केही साथीभाइ र स्थानीय नेपालीले उनलाई सहयोगस्वरुप खाना पुरयाउने गरेका थिए ।

दोर्जेका साथीहरुमार्फत केही दिन अघि उनको सम्पर्कमा पुगेका एनआरएनए इङ्ल्यान्ड उपाध्यक्ष एलबिजेड गुरुङ भन्छन्, ‘शनिबार मैले पनि कुरा गरेको थिएँ । अस्पताल जानुपर्छ भनेर सम्झाएको थिएं । आउंदो साता डाक्टरलाई भेट्ने कुरा सुनाएका थिए ।’

एनआरएनए स्कटल्यान्डका अध्यक्ष छबिलाल अर्यालले पनि दोर्जेलाई केही सहयोग चाहिन्छ कि भनेर कोशिस गरेको सुनाए ।  ‘शुक्रबार मैले नै टेलिफोन गरेको थिएँ । अहिले ठीक छ । विहीबार चेक गराएपछि केही सहयोग आवश्यक पर्‍यो भने खबर गर्छु भनेका थिए’,  अर्यालले भने ।

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनले स्थानीय प्रहरीबाट दोर्जेको मृत्‍युबारे दूतावासलाई कुनै जानकारी आइनसकेको बताए । स्थानीय नेपाली समुदायका अगुवा र मृतकका केही आफन्तसंग भने दूतावास सम्पर्कमा रहेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com