१६ वर्षकी किशोरीले ३ लडाकुलाई गोलीले ढालिन्


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

एक अफगानी स्कुले किशोरीले तीन तालिवानी बन्दुकधारीलाई गोली हानेर मारेकी छिन् भने अन्य धेरैलाई घाइते बनाएकी छिन् । विद्रोहीहरुले राजनीतिक कारण देखाएर आफ्ना आमा–बाबुलाई मारेपछि बदलामा यी युवतीले उनीहरुलाई गोली ठोकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

१६ वर्षीय कमर गुल यस घटनापछि सामाजिक सञ्जालमा नायकका रुपमा छाइरहेकी छिन्, विद्रोहीहरुसँग चलेको झन्डै १ घण्टा लामो गोलवारीमा उनले आफ्ना १२ वर्षीय भाइसँग मिलेर एके ४७ एसल्ट राइफल प्रयोग गरेकी थिइन् ।

गत सातादेखि झन्डै ४० जना तालिवानी लडाकुहरुले गेरिभस्थित उनीहरुको गाउँमा धावा बोलेका थिए । यी युवतीसँग भिडन्त हुनभन्दा केही क्षणअघि मात्रै लडाकुहरुले उनका बाबु– आमालाई मारेका थिए किनकी ती बाबुआमा अफगानी सरकारका समर्थक थिए, तालिवानले झन्डै दुई दशकदेखि अफगान सरकारलाई ढाल्न खोजिरहेको छ ।

‘लडाकुहरु उनीहरुको ढाकामै आए र यी किशोरकी आमा कसले ढोका ढक्ढक्याउँदैछ भनेर हेर्न पुगिन् । जब उनले देखिन् कि ती व्यक्ति हतियारधारी थिए, त्यसपछि ढोका खोल्न अस्विकार गरिन्,’ प्रान्तीय सरकार प्रवक्ता अरिफ अबरले भने,‘लडाकुहरुले कमरकी आमालाई गोली हाने । त्यसपछि घरभित्र छिरेर उनका बाबुलाई मारे ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो आक्रमणको साक्षी बनेको कमरले परिवारसँग रहेको राइफल उठाइन् र लगत्तै गोली हानेर तीन लडाकुलाई मारिन् । त्यसपछि उनले आफ्ना भाई हाबिबुल्लाहसँग मिलेर एक घण्टासम्म अन्य लडाकुविरुद्ध भिडन्त गरिरहिन् । अन्तत केही अन्य गाउँले र हतियारधारीले पनि लडाइँमा भाग लिए र तालिवानीहरु भाग्न बाध्य भए ।

अबरका अनुसार कमर र हाबिबुल्लाहलाई अहिले घोर प्रान्तकै अलग स्थानको एक सुरक्षित घरमा लगिएको छ । ‘उनीहरु सुरुका दुई दिन स्तब्ध थिए र केही बोल्न सकिरहेका थिएनन् । तर अहिले राम्रो अवस्थामा छन्,’ अबरले भने,‘ उनीहरु भन्दै थिए कि यो हाम्रो अधिकार हो किनकी हामी हाम्रा अभिभावक बिना बाँच्नुपर्ने आवश्यकता छैन । त्यही गाउँमा बस्ने आफ्ना सौतेनी दाजुबाहेक उनीहरुसँग अन्य धेरै आफन्त पनि थिएनन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com