पाकिस्तानमा सरकारले किन गर्‍यो ‘पब्जी’ प्रतिबन्ध


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

पाकिस्तानको इस्लामाबाद हाइकोर्टले चाँडै लोकप्रिय मोबाइल खेल ‘पब्जी’माथि पाकिस्तान टेली कम्युनिकेसन अथोरिटी (पीटीए) ले लगाएको प्रतिबन्ध उचित भएको÷नभएको बारेमा फैसला गर्दैछ । पीटीएले अदालतमा पब्जीद्वारा दायर गरेको रिटको विरोध गरेको छ । यस मामिलाको सुनुवाइ गरिरहेका जस्टि फारुकीले पीटीएलाई अदालतमा सोधेका थिए, ‘कुन कानुन अन्तरगत तपाईंहरुले यो प्रतिबन्ध लागू गर्नुभएको हो ?’

पीटीएका वकिलले आफ्नो दलीलमा यस्तो कुरा भने जसले पाकिस्तानमा नयाँ बहसको शुरु भएको छ । उनले भने, ‘बच्चा र युवाको मानसिक र शारीरिक स्वास्थ्यलाई नोक्सान पुर्‍याउनुबाहेक पब्जी खेलमा गैर–इस्लामिक कुराहरु छन् ।’ जानकारका अनुसार पाकिस्तानमा यस्तो आरोप टिकटकमा पनि लाग्नसक्छ किनभने यसलाई पनि प्रतिबन्ध गर्नुपर्ने माग बढ्दैछ ।

उता, पब्जी मनपराउनेहरुले सरकारको यस फैसला विरुद्ध आफ्नो विरोधका स्वरहरु व्यापक बनाएका छन् । यस खेलका पारखी तथा समर्थकहरुले पञ्जाब–सिन्ध क्षेत्रमा धरना–प्रदर्शन गर्ने चेतावनी पनि दिएका छन् ।

इमरान खान सरकारमाथि पब्जी खेल प्रतिबन्ध गर्नुपर्ने दबाब त्यतिबेला बेला बढ्यो जब केही आत्महत्याको खबर देशभर प्रमुखताका साथ प्रकाशित भयो भने उनीहरुले आत्महत्या गरेको कारणबारे टेलिभिजन च्यानलमा कयौँ दिनसम्म बहस भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इस्लामाबादमा रहेकी बीबीसीकी संवाददाता शुमाइला जाफरी भन्छिन्, ‘यो मामिला करिब दुई हप्ता अघि लाहौरबाट शुरु भयो जब दुई युवाले आत्महत्या गरे । प्रहरी अधिकारीका अनुसार आमाबुवाले उनीहरुलाई पब्जी खेल्न नदिएपछि उनीहरुले आत्महत्या गरेका थिए । पछि प्रहरीले पीटीएसँग यस खेललाई प्रतिबन्ध गर्न माग गरेका थिए । पीटीएले इस्लामाद हाई कोर्टमा यो खेलका कारण बच्चाहरु बिग्रिदै गएको तर्क पेश गरेका छन् । यसले उनीहरुको समय बर्बाद भइरहेको उनीहरुको तर्क छ ।’

सामाजिक सञ्जालमा अहिले बहस सुरु भएको छ कि पाकिस्तानमा जब यस्तो मामिला बाहिर आउँछ, त्यसलाई समाधान गर्नुभन्दा पनि त्यसलाई सिधै प्रतिबन्ध लगाइन्छ । फेसबुक र ट्वीटरमा #UnBanPUBGPakistan र #PUBGKaJawabDou ह्यासट्याग ट्रेन्डिङ्गमा रहेको छ । जसमा धेरै मानिसहरुको मत छ कि सरकार समस्यालाई समाधान गर्नभन्दा पनि त्यसबाट छुटकारा पाउने नीति अबलम्बन गर्छ ।

पाकिस्तानमा यसरी कुनै पनि भिडियो गेम प्रतिबन्ध भएको पहिलोपटक होइन । यसअघि सन् २०१३ मा कल अफ ड्युटी र मेडल अफ अनरजस्ता खेलहरु प्रतिबन्ध गरिएका थिए ।

यहाँ सबैभन्दा ठूलो प्रश्न भनेको यो प्रतिबन्धले कति फरक पर्नेछ र यस प्रतिबन्धको पछाडि अन्य कुनै उद्देश्य त छैन ? भन्ने हो । पाकिस्तान कयौँ युवाहरुको तर्क छ कि सरकारले यस्तो ‘गैरप्रजातान्तित्रक’ फैसला लिएर ‘मात्र एक खास वर्गलाई खुसी पार्न चाहन्छ ।’

पाकिस्तानमा पब्जीमाथि प्रतिबन्धबाट शुरु भएको बहसले बिस्तारै राजनीतिक रंग पनि लिन थालेको छ । देशको राजनीतिमा नजर राख्नेहरुका अनुसार ‘युवाहरुको जबरजस्त समर्थन’ बाट सत्तामा आएको इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका केही फैसला युवाहरु विरुद्ध देखिएका छन् । त्यही भएर प्रश्न उठ्छ – युवाहरुमा लोकप्रिय पब्जी प्रतिबन्ध गर्दा उनको फ्यानबेसमा कति असर पुग्छ ?

स्रोतः बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com