भारतमा कोरोनाको बढ्दो प्रभावले नेपाल अझै उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

संक्रमितको संख्या घट्दै जानु र परीक्षणमा पोजिटिभ पाउनेहरुको संख्या प्रतिशतमा समेत घट्दै गए पनि नेपाल कोरोना भाइरस कोभिड १९ को अझै उच्च जोखिममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार छिमेकी भारतमा बढ्दो कोरोना प्रभावका कारण पनि नेपाल अझै सतर्क रहनु पर्ने अवस्था आएको छ ।

खतरा निम्त्याउने गतिविधिहरु :

त्यसमाथि पनि सार्वजनिक स्थानहरुमा भीडभाड बढ्नु, सुरक्षाका लागि न्यूनतम मापदण्ड पनि पूरा नगरिनु, हेलचेक्रयाई र लापरवाही प्रशस्त देखिनुले नेपालभित्र कोरोना संक्रमणको जोखिम अझै पनि खतराको घेराभित्र रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले जोखिम र प्राथमिकताका क्षेत्र तोकेर परीक्षण गर्ने क्षेत्र कम हुँदै गए पनि संक्रमणको खतरा अझै रहेको बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले यही अवस्थालाई मध्यनजर गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ हजार नेपालीको परीक्षण गर्ने तयारी थालेको बताउनु भयो ।

सिंहदरबारभित्रका सफाई कर्मचारीको परीक्षण गरिने

यही क्रममा विदेशबाट फर्किएर आएका, पोजिटिभ पाइएका संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक क्षेत्रका सेवाहरुका साथै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र कार्यरत सरसफाई कर्मचारीहरुको परीक्षण गर्ने निर्णय भएको जानकारी पनि प्रवक्ता डाक्टर गौतमले दिनुभयो ।

उहाँले विदेशबाट उडानमार्फत आएका नेपालीलाई अनिवार्य ५ दिन होल्डिङमा राख्ने र स्थलमार्गबाट आएकाहरुलाई पनि कडाईका साथ परीक्षण गरेर मात्र गन्तव्य जान दिने तयारी भएको जानकारी पनि दिनुभयो ।

प्रवक्ता गौतमले प्रयोगशाला विस्तार गर्ने तयारी तीब्र भएको बताउँदै मुलुकमा परीक्षण गर्ने क्षमता पनि बढेको चर्चा गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com