ताइवानका सांसदहरुबीच व्यवस्थापिका संसदको बैठकमै हानाहान भएको छ । उनीहरुले एकअर्कालाई पानीका बेलुनले मात्र हानेनन्, मुक्का हानाहान समेत गरे । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का एकजना विद्यायक उम्मेद्वारलाई मत हाल्ने क्रममा विपक्षी पार्टीका सदस्यसँग विवाद सुरु भएको थियो । त्यसलगत्तै झडप सुरु भएको थियो ।
त्यसपछि कुओमिन्ताङ (केएमटी) का सांसदहरुले सभामुखको पोडियममा पानीका बेलुनले हानेका थिए । ताइपेई संसद सामूहिक भागवण्डाका लागि झगडा हुने संसदको रुपमा समेत चिनिँदै आएको छ । चार वर्षअघि राष्ट्रपति साई इङ वेनले सत्ता छोड्दा सुधार नीति र पेन्सन कटौतीको विषयलाई लिएर पनि संसदमा झडप भएको थियो । शुक्रबार कन्ट्रोल युआनका अध्यक्षको पदको मनोनयनका लागि मतदान हुँदै थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।