बेलायती सांसद र अध्यक्ष गुरुङको छलफल : गोर्खाका समस्या मुख्य एजेण्डा


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

कोरोना महामारीबाट बेलायतको नेपाली समुदायमा परेको असर र अफ्ठेरोमा परेका नेपालीहरुको सहयोगका विषयमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले एक बेलायती सांसदसंग छलफल गरेकी छन् ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मरिया मिलर र अध्यक्ष गुरुङबीच विहीबार भर्चुअल माध्यमबाट भएको छलफल मुख्यगरी भूतपूर्व गोर्खा समुदायले भोगेको समस्यामा केन्द्रित थियो ।

कोरोना महामारीबाट बेलायतको नेपाली समुदायमा सबैभन्दा बढी पूर्व गोर्खा र तीनका परिवारका वृद्धवृद्धाहरु प्रभावित बनेको अपडेट अध्यक्ष गुरुङले सांसदलाई गराएकी थिइन् ।

बेलायत सरकार र एनएचएसबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी सन्देश तथा जानकारीहरु नेपाली भाषामा उपलब्ध नभएको र धेरै नेपाली वृद्धवृद्धाले अंग्रेजी बुझ्न नसक्ने कारण समस्या भएको जानकारी मैले उहाँलाई गराए’, अध्यक्ष गुरुङले भनिन्, ‘अन्य कयौं अल्पसंख्यक समुदायको भाषामा जस्तै नेपाली भाषामा पनि सरकारी सूचनाहरु प्रकाशन गर्ने व्यवस्थाका लागि पहल गरिदिन मैले आग्रह गरेकी छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोर्खाहरुले बेलायती सेनामा पुर्याएको ऐतिहासिक योगदानको कदरकै लागि पनि उनीहरुले बुझ्ने भाषामा सूचनाहरु प्रकाशन गर्नुपर्ने धारणा अध्यक्ष गुरुङले राखेकी थिइन् ।

त्यसक्रममा सांसद मिलरले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्याको उचित सम्बोधनका लागि आफूले बेलायती संसदमै कुरा उठाउने आश्वासन दिइन् ।

एनआरएनए यूके अध्यक्ष गुरुङले महामारीका कारण बेलायतको सिंगो नेपाली समुदायमा परेको असर, एनआरएनए यूकेसहित यहाँको नेपाली समुदायबाट भइरहेका सहयोगका कार्यहरुबारे जानकारी गराएकी थिइन् । सांसद मिलरले पनि हालै अमेरिकामा जर्ज फ्लोइडको मृत्युपछि जातीय भेदभावको मुद्धा चर्किरहेको सन्दर्भमा बेलायतमा नेपाली समुदायले गरेको अनुभवबारे जिज्ञासा राखेकी थिइन् ।

बेलायतको राजनीतिका साथै प्रहरी, प्रशासन लगायतका महत्वपूर्ण क्षेत्रमा नेपाली समुदायको उपस्थिति न्यून रहेको भन्दै उनले आफ्नो समुदायको आवाज प्रभावकारी रुपमा सम्बन्धित ठाउँसम्म पुर्याउनको लागि पनि समुदायको सहभागिता बढ्नुपर्ने सुझाव दिएकी थिइन् ।

छलफलमा बेजिङस्टोक नेपाली कम्युनिटीका अध्यक्ष ओम गुरुङ पनि सहभागी थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com