लकडाउन लम्बिंदा लेस्टरका नेपाली व्यवसाय चौपट्ट


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

ब्रिटिश सरकारले गत ४ जुलाइदेखि 
इंग्ल्याण्डमा लकडाउन खुकुलो पार्दै हस्पिटालिटी व्यवसाय खोल्न अनुमति दिएपछि चहलपहल केही बढेको छ । ग्राहकहरु रेष्टुरेन्ट, पब जान थालेका छन् । होटल समेत खुलेपछि मानिसहरु ‘सर्ट ब्रेक’ लिएर लन्डरबाहिर डुल्न जाने क्रम बढेको छ ।

तर, इंग्ल्याण्डकै लेस्टर सिटीमा भने लकडाउन लम्बिंदा त्यहांका व्यवसाय ठप्प छन् । संक्रमण अन्यत्रभन्दा बढेपछि लेस्टर सिटी अझै लकडाउनको चपेटामा छ । यसले लेस्टरमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका नेपाली समेत प्रभावित भएका छन् ।

‘हामी त बर्बाद हुन लाग्यौं’, बिगत ८ वर्षदेखि लेस्टरमा इटालियन रेष्टुरेन्ट ओजी (टुडे) चलाइरहेका व्यवसायी दयानिधि सापकोटाको गुनासो छ ।

४ जुलाइदेखि व्यवसाय खोल्न तयारी गरिरहंदा लेस्टर सिटी काउन्सिलले १८ जुलाइसम्म लकडाउन लम्बिने घोषणा गरेकामा बढाएर आज बिहीबार फेरि अरु दुई साता थपिदिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मैले धेरै तवरबाट क्यालकुलेसन गरें तर सरकारको गाइडेन्स अनुसार पछि पनि खोल्नै नसकिने अवस्थामा छ’, सापकोटाले भने, ‘पहिला हामीले टेकवे गरेका थिएनौं । तर टिक्न नसकेपछि जुलाइ १ बाट टेकवे शुरु गरेको त्यसले ‘ब्रेकइभन’ पनि भएन ।’

भाइरस संक्रमण नघटेसम्म व्यापार व्यवसाय सुचारु गर्न सम्भव नभएको उनले बताए ।

व्यवसायी दयानिधि सापकोटा

एनआरएन अभियन्ता सापकोटाको भनाइमा लेस्टर सिटीमा नेपालीका ७ वटा रेष्टुरेन्ट छन् । लकडाउनका कारण ति सबै व्यवसाय संकटमा रहेका व्यवसायी बताउंछन् ।

विगत ५ वर्षदेखि लेस्टर सिटीको एलइ २ मा ‘हेरिटेज इन्डिया’ चलाइरहेका प्रेम आलेमगरको पीडा पनि उस्तै छ । कुनै समय हप्तामा साढे १२ हजार पाउण्डसम्म कमाइ गर्ने उक्त रेष्टुरेन्टमा अहिले २५ सय देखि तीन हजार पाउण्ड पुरयाउन पनि धौ-धौ भएको मगरले बताए । ‘अहिले टेक वे डेलिभरीमा भर पर्नुपरेको छ तर त्यसबाट कामदारको ज्याला र अन्य खर्च पनि धान्दैन’, उनले थपे, ‘लकडाउनपछि पनि सरकारको ‘स्ट्रिक’ नियम फलो गर्दा व्यवसाय चल्ने संकेत छैन् ।’

‘हेरिटेज इन्डिया’ का प्रेम आलेमगर

करिब डेढ दशकदेखि रेष्टुरेन्ट पेशामा आवद्ध आलेमगर तत्काल व्यवसाय उंभो लाग्ने देख्दैनन् ।

खुलेका रेष्टुरेन्ट पनि ग्राहकविहीन

लेस्टरसायर भित्र परेपनि चार्नउड काउन्सिलमा रहेको सापकोटाको गोर्खा एम्बेसी रेष्टुरेन्ट ४ जुलाइबाट खुलेको छ, तर ग्राहक छैनन् । ‘अहिले मान्छे आउन डराइरहेका छन् । लकडाउनअघि शुक्रबार-शनिबार हामीले दुईसय ५० जनासम्मलाई खुवाएका थियौं । तर लकडाउनपछि अघिल्लो शुक्रबार, शनिबार २५ जनामात्र ग्राहक आए होलान्’, दयानिधि सापकोटाले सुनाए । व्यवसाय चलाउन सरकारको कडा ‘गाइडेन्स’ गारहो र खर्चिलो भएको उनी बताउंछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com