अमेरिकी प्रमुख हस्तीहरू जेफ बेजोस, बिल गेट्स, बाराक ओबामा र बिडेनको ट्वीटर ‘ह्याक’


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमबर्गसहित अमेरिकी प्रमुख हस्तीहरूकाे सामाजिक सञ्जाल ट्वीटरको खाता ह्याक गरिएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका उम्मेदवार जोय बिडेन र केन वेस्टको आधिकारिक ट्वीटर खाता ह्याक भएको हो ।

बिल गेट्सको ट्वीटर खातामा लेखिएको छ, “सबैजनाले मलाई फिर्ता गर्न सोधेको छ, तपाईं एक हजार डलर पठाउनुस्, दुई हजार डलर पाउनुहुनेछ ।” ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सेले बुधबार अबेर लेख्नुभएको छ, “ट्वीटरमा हाम्रो लागि अत्यन्तै चुनौतीपूर्ण दिनको सामना गर्दैछौँ, यसप्रकारको गतिविधिपछि हामी सबै त्रसित महसुस गरेका छौँ ।” उहाँले अगाडि लेख्नुभएको छ, “हामी सबै के र कसरी भएको सम्बन्धमा डायग्नोस गर्दैछौँ, सकेजति साझा गर्नेछौँ ।”

बीबीसीका अनुसार ह्याक गरिएको खातामा पासवर्ड परिवर्तनको आग्रह समेत अस्वीकार गरिएको छ । र केही अन्य खाताको कामहरू काम गर्न छोडेको छ ।साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकका सह संस्थापक दमित्री अल्परोभिचले रोयटर्ससँगको कुराकानीमा भन्नुभयो, “सामाजिक सञ्जालको यो अहिलेसम्मकै सबैभन्दा खराब ह्याक हो ।”

टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्कको ट्वीटर खातामा कोभिड–१९ ले गर्दा म उद्धार हुनुपर्ने महसुस गरेको लेखिएको छ । बीट क्वाइनको लिङ्क साझा गर्दै उक्त ट्वीटमा बिटक्वाइनको कुनै भुक्तानी तीन मिनेटभित्र पठाइए दोब्बर हुने उल्लेख गरिएको छ । तर ट्वीट गरिएको केही मिनेटभित्रै उक्त ट्वीट हटाइयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त हयाकमा अर्बपतिहरूसँगै उबर र एप्पल पनि लक्षित गरिएको छ । बिल गेट्सका प्रवक्ताले एपी समाचार संस्थासँग कुराकानी गर्दै ट्वीटरले हाल सामना गरिरहेको मुद्दाको एक कडीको रुपमा ह्याकलाई अर्थ्याउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com