कोरोनाको भय : बेलायतमा १० लाखले धुम्रपान त्यागे !


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

कोरोनाभाइरसको कहर संसारभरि टाउको दुखाइको विषय बनेको छ । यसले गरेको आर्थिक, सामाजिक, स्वास्थ्य र मानसिक क्षति अकल्पनीय बनेको छ । तर यो दुःखद खबरबीच  बेलायतमा एउटा सुखद लाग्ने खबर पनि आएको छ । त्यो हो, कोरोना महामारकिा बचि बेलायतका १० लाख मानिसहरुले धुम्रपान परित्याग गरेका रहेछन् ।

वितेका चार महिनामा बेलायतका करिब १० लाख मानिसहरुले धु्रमपान परित्याग गरेको एक सर्वेले देखाएको छ । त्यसरी धुम्रपान परित्याग गर्नेहरुमा पुराना धुम्रपानकर्ताहरुभन्दा युवाहरुको संख्या बढी छ ।

एक्सन अन स्मोकिङ एण्ड हेल्थ (एएसएच) र युनिभर्सिटी कलेज लण्डनले गरेको विश्लेषणमा उक्त कुरा पत्ता लागेको हो ।

खासगरी, बुढाखाडाहरुलाई महामारीलाई धुम्रपान परित्याग गर्ने अवसरको रुपमा उपयोग गर्न आव्हान गरिएको थियो । त्यसो गरिनुको कारण चाहिँ कोभिड–१९ ले तुलनात्मक रुपमा बेसी उमेरका मानिसहरुलाई संक्रमण गर्ने सम्भावना बढी हुनु पनि हो । तर विश्लेषणमा ५० वर्षभन्दा माथि उमेर समुहकाले भनदा १६–२९ उमेर समूहका युवाहरुमा त्यस समयावधिका दौरानमा दोब्बर दरले धुम्रपान परित्याग गरेको देखियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायती सरकारले धुम्रपानका अम्मलीहरुमा कोभिड–१९ सँग सम्बद्ध लक्षणहरु बढी देखिने सल्लाह दिएका थिए । तर अझै पनि कोरानोभाइरसको संक्रमण धुम्रपान गर्ने र नगर्नेहरुमा के कति फरक ढंगले हुने गर्छ भनेर विज्ञानले निष्कर्ष पेश गर्न भने सकेको छैन ।

त्यसो त कोरोनालाई एकछिन पन्छाउने हो भने पनि धुम्रपान पन्छाउन सकिने थुप्रै रोगहरुका माउ हो । यसले क्यान्सर, मुटु र फोक्सोका रोगहरु गराउने गर्छ । एएसएचका अनुसार कोभिड–१९ का संक्रमितहरुमध्ये पनि धुम्रपान गर्नेहरुमा बढी गम्भीर असर हुने गरेको पाइन्छ ।

गत वर्ष मात्रै बेलायतमा १८ वर्ष वा सोभन्दा माथि उमेरका करिब ७२ लाख मानिसहरुले धुम्रपान  गर्ने गरेको तथ्यांक छ ।

स्मरण रहोस्, कोरोनामहामारीले सबैभन्दा बढी प्रभावित मुलुकमा बेलायत पनि पर्छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म बेलायतमा २ लाख ९३ हजार ४ सय ६० जना संक्रमित भइसकेका छन् भने तीमध्ये ४५ हजार १ सय ३८ जना जनाको निधन पनि भइसकेको छ । यो भनेको बेलायत सबैभन्दा बढी संक्रमित हुने मुलुकमा नवौं नम्बरमा पर्दछ भने सबैभनदा बढी मृत्यु हुने मुलुकहरुमा तेस्रो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com