कोरोनाको पहिलो खोपमा अमेरिकाको सफलता


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ भ्याक्सिन (खोप) बाट मानिसको प्रतिरक्षा प्रणालीमा वैज्ञानिकहरूले अपेक्षा गरेअनुसारको फाइदा पुगेको छ ।

अब यो खोपको परीक्षण (ट्रायल) गर्न बाँकी छ । अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले समाचार एजेन्सी एसोसिएटेड प्रेससँग भनेका छन्, “तपाईंले जतिसुकै छाटकाट गरे पनि यो एक राम्रो खबर हो ।”
बीबीसीले ‘न्युयोर्क टाइम्स’मा प्रकाशित समाचार उद्धृत गर्दै नेसनल इन्स्टिट्युट्स अफ हेल्थ र मोडेरना इन्कमा डा. फाउचीका सहकर्मीहरूले उक्त खोप विकसित गरेको जनाएको छ ।

अब जुलाई २७ मा यो खोपको सबैभन्दा अहम् चरण सुरु हुनेछ । ३० हजार मानिसहरूमा यसको परीक्षण गरिने भएको छ । परीक्षणमा खोप साच्चै कोभिड–१९ बाट मानव शरीर बचाउन सक्छ कि सक्दैन भन्ने यकिन गरिने बीबीसीले जनाएको छ ।

मंगलबार शोधकर्ताहरूले ४५ मानिसमा गरिएको परीक्षणको नतिजाको व्यग्र प्रतीक्षा गरिएको छ । रिसर्च टिमले‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा खोप लिने भोलेन्टियरको रगतमा कोभिड–१९ बाट निको भएका बिरामीको शरीरमा पाइने जति नै एन्टिबडी पाइएको उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खोपको अन्तिम नतिजा कहिले आउँछ भन्ने एकिन नभए पनि सरकारले यो वर्षको अन्त्यसम्म ट्रायल पूरा गरिने अनुमान गरेको छ । खोप विकसित गर्ने प्रक्रिया हेर्दा यो ‘रेकर्ड स्पिड’ हो ।

यो खोपलाई महिना दिनको अवधिमा दुई डोज दिइने र यसको कुनै गम्भीर ‘साइड इफेक्ट’ नभएको बताइएको छ । तर, शोधमा सहभागी अधिकांश शोधकर्ताहरूले फ्लुजस्तो ‘रिएक्सन’ दर्ज गरेका छन् । जुन अन्य खोपमा हुनु सामान्य भएको समाचारमा उल्लेख छ ।

खोप लगाएपछि टाउको दुख्ने, चिसो महसुस हुने, ज्वरो आउने र खोप लगाएको स्थानमा दुख्नु सामान्य भएको पनि समाचारमा जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com